काठमाडौं । गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भाटभटेनीमा लुट्न पसेकाहरूलाई भाटा हान्दै खेद्ने सुरक्षा गार्डलाई भाटभटेनीले सम्मान गरेको छ।
भाटभटेनीले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख ११ हजार १ सय ११ नगद र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो। उनलाई अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले सम्मानसहित चेक प्रदान गरेका हुन्।
भाटभटेनीले उक्त तोडफोड तथा लुटपाटबाट ८० लाख बराबरको क्षति भएको जनाएको छ।