शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले म्यानमारमा खाद्यान्नलगायतका सहायता सामग्री पठाउने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
सरकारले म्यानमारमा खाद्यान्नलगायतका सहायता सामग्री पठाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरूका लागि खाद्यान्नलगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग पुग्ने गरी चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लाङ्केट आदि सहायता सामग्रीहरू म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यससम्बन्धी बैठकमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सहायता सामग्री सहयोगका लागि नेपालका निजी क्षेत्रका सङ्घ संस्थाहरुलाई पनि आह्वान गर्नुभयो ।

उहाँले अप्ठेरोमा परेका म्यानमारका जनतालाई तत्कालका लागि आवश्यक सहयोग पुग्ने गरी मानवीय सहायता एवं राहातस्वरुप नेपाल सरकारले सामग्री पठाउने जानकारी दिनुभयो ।

सो बैठकमा उपस्थित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाललगायतले निजी क्षेत्रका तर्फबाट संस्थागत रूपमा सहायता सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई, गृह सचिव गोकर्णमणि दुवाडी, अर्थ सचिव घनश्याम उपाध्यायले सहायता सामग्रीहरू जम्मा गरेर परराष्ट्र मन्त्रालयमार्फत जतिसक्दो चाँडै म्यानमार पठाइने  जनाउनुभयो ।

म्यानमारमा यही चैत १५ गते गएको ७.७ रेक्टर स्केलकाे भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१२ मिनेट अगाडि
पाँच लाख भारतीय रकमसहित पक्राउ

पाँच लाख भारतीय रकमसहित पक्राउ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक