आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सबै किसिमका प्रतिगमन बिरुद्ध खडा हुन नेपाल कम्युनिष्ट पार्टीको अपिल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
म्याग्दीको डाँडागाउँमा माओवादी नेताहरुद्वारा श्रमदान गरेर सडक मर्मत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नेपाली जनताको लामो त्याग तपस्या, ठूलो संघर्षमय बलिदानबाट प्राप्त गरेका सीमित हक अधिकार पनि प्रतिगामी शक्तिलाई मान्य नहुने गरेको स्थिति नेपालको इतिहासमा पटक पटक दोहोरिने गरेको छ । ०७ सालको परिबर्तनको दिशालाई कुल्चिने काम त्यसको एक दशक पछि ०१७ सालमा भयो । २०४६ सालको परिबर्तन भएको १५ बर्ष पछि २०६१ सालमा पुनः त्यसलाई उल्टाउने कदम चालियो । त्यसपछि यता पछिल्लो पटक २०६२-६३ को जन आन्दोलनले अख्तियार गरेको राजनीतिक परिबर्तनको दिशालाई उल्टाउन र बिस्थापित राजतन्त्र पुनस्र्थापना गर्न प्रतिगामी शक्ति अहिले १८ बर्ष पछि पुनः जोडबल लगाउन थालेको छ ।
यस्तो चलखेल गर्ने आधारभूमि निर्माण गर्नमा भने पछिल्लो परिबर्तन पछि पटक पटक सत्तामा गएका मूल धारका यथास्थितिबादी दलहरुको भूमिका पनि कम छैन । हिजोको प्रतिगामी शक्तिले गर्ने जस्तै चरम भ्रष्टाचार, कमिशनखोरी, तस्करी र कालोबजारी जस्ता अस्वीकार्य र अमान्य बाटो हिड्ने तथा राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सार्बभौमिकतामा समेत आँच आउनेसम्मका राष्ट्रहित बिपरीतका कृयाकलाप पनि यस बीच उन हुँदै आए । अनि आम नेपाली जनताका बेरोजगारी, अभाव, असुरक्षा र अनिश्चित भबिष्यका जल्दाबल्दा राष्ट्रिय समस्या हल गर्ने सही दिशा लिन नसकेको अबस्थामा बढ्दो ज असन्तुष्टी र आक्रोशको स्थिति पैदा भएको र बढ्ँदै आएको हो ।

यस्तै अबसरको ताकमा रहेको प्रतिगमनकारी एकल हिन्दूबादी गणतन्त्र बिरोधी शक्ति आफ्नो संकीर्ण स्वार्थको लागि बाह्य शक्ति खाशगरी भारतीय अतिदक्षिणपन्थी हिन्दूबादी सत्ताधारी शक्तिको समेत आड भरोसमा आफ्नो गुमेको बर्चश्व पुनः हत्याउन उद्यत हुन थालेको देखिएको छ । स्वघोषित राष्ट्रबादी शक्तिको यस्तो बिदेश आधारित गतिबिधिले बास्तविकता छर्लंग भएको छ ।

अर्कोतिर यस स्थितिप्रति गम्भीर चिन्ता र चासो नलिएको र आ–आफ्नै अहंकार र सत्ता स्वार्थमा चुर्लुम्म डुबेर स्थितिलाई हलुकारुपमा लिएको प्रतीत भइरहेको छ । यस स्थितिमा हामी बिगत १८ बर्षयताका आफ्ना गलत कृयाकलापको गम्भीर र निर्मम आत्म समीक्षा गर्दै तथा देश र जनता समक्ष सच्चिने र सुध्रिने दृढ प्रतिबद्धता जाहेर गर्दै प्रतिगमन बिरुद्ध राष्ट्र र जनताको पक्षमा दृढतापूर्बक खडा हुन नेपाल कम्युनिष्ट पार्टी यतिबेला बिशेष जोड दिन्छ ।

प्रतिगमन र अग्रगमनको अहिलेको यस अन्तरबिरोधपूर्ण स्थितिमा नेपाली जन आन्दोलनका आजसम्मका सम्पूर्ण बीर शहीदहरु तथा अग्रज मागर्ददर्शक एबं योद्धाहरुलाई स्मरण र सम्मान गर्दै आजको अनिबार्य नयाँ बिकल्प – अर्थात शोषित उत्पीडित जनताको प्रतिनिधित्व गर्ने निष्ठाबान कम्युनिष्ट, बापन्थी तथा देशभक्त जनतान्त्रिक शक्तिहरुको राज्यब्यवस्था – जन गणतन्त्र हुँदै उच्च समाजबादी गणतन्त्रको बाटोमा एकताबद्ध र संघर्षशील हुँन सम्पूर्ण सच्चा क्रान्तिकारी कम्युनिष्ट, बामपन्थी तथा देशभक्त लोकतान्त्रिक शक्तिहरुलाई नेपाल कम्युनिष्ट पुनः बिशेष पार्टी आह्वान गदर्छ ।

साथै गएको चैत्र १५ गते तीनकुने र कोटेश्वरको आसपासमा राजाबादी शक्तिको उग्र उद्दण्डता र सरकारको सुझबुझहीनता अदुर्दशीता र दमनकारी गतिबिधले गर्दा हत्या, हिंसा, आगजनी र लूटपाट जस्ता अप्रिय घटना घटाइएको र अनाहक एक सञ्चारकर्मी सहीत दुइजना यूवाहरु ब्यर्थमा ज्यान गुमाउनु परेको यथार्थ छाबिन गरी जन समक्ष ल्याउन, दोषीलाई कडा कारबाही गर्न र सम्बन्धित पीडितलाई क्षतिपूर्तिदिन समेत नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।

यो पनि पढ्नुहोस्

सुधारको ग्यारेन्टी लिएर उभिएको छु : सभापति थापा

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

२० घण्टा अगाडि
साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक