काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दिपकराज जोशी निर्वाचित भएका छन्।
सोमबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टराई हराउँदै जोशी सभापतिमा विजयी भएका हुन्।
जोशीले ७८९ मत ल्याउँदा भट्टले ७८१ मत ल्याए।
त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए भने स्वतन्त्र उम्मेदवार उज्जव खड्काले ७१७ मत पाए।
आज भएको मतदानमा कुल ३ हजार ११८ मत खसेको थियो।