एजेन्सी । चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा मस्तिष्क तथा शरीरलाई चलायमान राख्ने यस्ता धेरै गुणहरु पाइन्छन्। जसले शरीर पूर्ण रुपमा सक्रिय हुन्छ ।
मुटु स्वस्थ राख्न
चुकन्दर दैनिक खानाले मुटु स्वस्थ हुने अनुसन्धानहरुमा देखिएको छ । यसले मुटु चलाएमान राख्नुका साथै स्ट्रोक र हृदयघातको जोखिम कम गर्छ । चुकन्दरलाई जुस बनाएर पिउन सकिन्छ ।
रक्तचाप नियन्त्रण
त्यस्तै, यसको अर्को गुण रक्तचाप नियन्त्रण गर्नु पनि हो । एक अनुसन्धानले रक्तचाप भएको व्यक्तिले केही हप्तासम्म दैनिक चुकन्दरको सेवन गरेमा रक्तचाप औसतमा पाँच मिलिमिटरले कम हुन सक्ने देखाएको छ।
चुस्त-दुरुस्त मस्तिष्कको लागि चुकन्दर
चुकन्दरको सेवनले मस्तिष्क पनि चलायमान र स्वस्थ रहन्छ । चुकन्दरले शरीरको चाललाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा कनेक्टिभिटी बढ्छ। अनुसन्धानका अनुसार चुकन्दरको जुस पिउनाले प्रिफ्रन्टल कोर्टेक्स (सबैभन्दा विकसित मस्तिष्क क्षेत्र) मा रक्तसञ्चार बढ्छ, जसले मस्तिष्कको क्षमता समेत बढाउँछ।
शारीरिक क्षमतामा सुधार
यसै गरी यसको अर्को लाभदायिक गुण भनेको चुकन्दरले शारीरीक क्षमतामा सुधार ल्याउँछ । यसको सेवनले मांसपेशीहरूलाई अक्सिजन प्राप्त हुने गर्छ । जसले गर्दा शरीरले राम्रोसँग काम गर्छ।
मुखभित्र ब्याक्टेरिया सन्तुलनमा राख्न
धेरै अध्ययन अनुसन्धानमा चुकन्दरको सेवनले मुखभित्र रहेका ब्याक्टेरियाहरुलाई सन्तुलनमा राख्न सहयोग गर्ने देखिएको छ । जसले रोग तथा ब्याक्टेरियाको स्तर कम गर्न मद्त गर्छ ।