सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

कानुन मिच्ने भ्रस्टाचारीलाई बचाउने सरकार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने मेयर बालेनकाे माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले मंगलबार बिहान सामाजिक सञ्जालमा छ पेज लामो डकुमेन्ट अपलोड गर्दै लेखे, ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने र ? माथिको कुरा गलत भए मलाई जेल हाल ।’

बालेनले अपलोड गरेको डकुमेन्ट अरू केही नभएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँमाथि लगाइएको अनियमितामाथि छानबिन गर्न बनाइएको समितिले बुझाएको रिपोर्ट हो । काठमाडौं भ्युटावरको अनधिकृत नक्सा पाससम्बन्धी निर्णय गरेको भन्दै बालेनले उक्त निर्णय खारेज नगरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । साथै उक्त प्रकरणमा छानबिन गर्न गत पुस १४ गते तीन सदस्यीय समिति गठन गरेका थिए ।

बालेनले गठन गरेको पहिलो दुईवटा समितिले काम गर्न नसकेपछि तीन जना विभागीय प्रमुखलाई राखेर समिति गठन गरेका थिए । यसमा शहरी वयवस्थापन विभागका हरिशचन्द्र लामिछाने, कानून तथा मानव अधिकार विभागका वसन्त आचार्य र सार्वजनिक निर्माण विभागका सुरज शाक्य सदस्य रहेका थिए । तीन विभागीय प्रमुखले फागुन १९ गते बुझाएको रिपोर्ट नै बालेनले सार्वजनिक गरेका हुन् ।

यस्ताे छ रिपोर्टमा ? 

समितिले बुझाएको उक्त रिपोर्टमा बालेनले नक्सा पासको निर्णय खारेज गर्नेगरी गरेको निर्णयलाई नै निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ । समितले दिएको रायको बुँदा नम्बर ४ मा भनिएको छ ‘राय खण्डको बुँदा नम्बर १, २ र ३ मा दिइएको राय कार्यान्वयन नभएसम्मका लागि मिति २०८१र६र११ मा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्सालाई निष्क्रिय गरिएको काठमाडौं महानगरपालिकाको मिति २०८१र९र२८ को निर्णयलाई निरन्तरता दिन मनासिब हुने राय पेश गर्दछौं ।

गत असोज ११ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले उक्त टावरको नक्सालाई १९ तला ९१७ दशमलब २० को बनाउन स्वीकृति दिने निर्णय गरेका थिए । सोसँगै कुल क्षेत्रफल ५९ हजार ३६९।८४ वर्गमिटर बनाउन स्वीकृति दिएका थिए । त्यसभन्दा अगाडि २०७२ सालमा भएको सम्झौता अनुसार उक्त टावरको १२ तला ९१० दशमलब २० को नक्सा पास भएको थियो भने कुल स्वीकृत क्षेत्रफल ४२ हजार ९७२।८२ वर्गमिटर रहेको थियो । गुरागाइँले स्वीकृत गरेको त्यही निर्णयलाई बालेनले उल्ट्याएका थिए ।
समितिले प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको उक्त निर्णयलाई गैरकानूनी मान्दै बालेनको निर्णयलाई नै निरन्तरता दिनुपर्ने राय दिनको लागि आफ्नै तर्क गरेको छ । २०७१ फागुनमा पहिलोपटक सम्झौता हुँदा उक्त भ्युटावरको निर्माण अवधि ५ वर्ष रहेको थियो ।

त्यस्तै, उक्त भवन बनाउन भने २०७३ साउनमा कार्यादेश दिइएको थियो । कार्यादेश दिएको अवधिबाट गणना गर्ने हो भने पनि निर्माण अवधि २०७८ साउनसम्म रहेको समितिको ठहर छ । सोभन्दा पछि निर्माणसम्बन्धी काम हुनु नै सम्झौता विपरित भएको समितिको ठहर छ । निर्माणसम्बन्धी नयाँ सम्झौता नगरिकनै नक्सा पास गरेको अवस्थामा यसलाई खारेज गर्ने नगर प्रमुखको निर्णयलाई नै निरन्तरता दिनुपर्ने समितिले राय दिएको हो ।

यस्ताे छ डकुमेन्ट

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

३ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

मन्त्रिपरिषद् बैठक सुरु

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक