मङ्ल, अशोज २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । साहित्य तथा संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उनलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरेको हो ।
भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधि तथा अन्य प्रतिष्ठित अतिथिले डा. उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा राजस्थानका उप-मुख्यमन्त्री डा. प्रेम चन्द बैरवा रहेका थिए भने विशिष्ट अतिथिमा राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, राजस्थान विधानसभाका पूर्व सदस्य अशोक परनामी, राजस्थान विधानसभाका सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री श्रीमती एकता अग्रवाल, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड्सका ब्रान्ड एम्बेसेडर डा. राम सिंह चौहान, पद्मश्री पुरस्कार विजेता, वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. एम. वली लगायतका रहेका थिए ।

विश्वविद्यालयले जारी गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा साहित्य र संगीत क्षेत्रमा उनको योगदान, उपलब्धि, समर्पण तथा समाजमा पारेको प्रभावको प्रशंसा गरिएको छ ।

समारोहमा प्रदान गरिएको स्मृतिचिह्नमा समेत उनलाई साहित्य तथा संगीत क्षेत्रमा उत्कृष्ट योगदान र विशिष्ट उपलब्धिका लागि सम्मान गरिएको उल्लेख छ । यो सम्मानले नेपाली साहित्य तथा संगीत क्षेत्रमा डा. उपाध्यायले पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा समेत सम्मान मिलेको जनाइएको छ ।

समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न नौ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरिसकेका छन् । आईएलपीएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उहाँको दशौं मानार्थ विद्यावारिधि हो । यसअघि अमेरिका लगायत विभिन्न देशका विश्वविद्यालयबाट उनलाई नौवटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायले हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरेको जनाइएको छ । उनका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन् ।

उनका करिब दुई सय ५० गीत सार्वजनिक भएका छन् भने सयौं गीतका भिडियोसमेत निर्माण भएका छन् । डा. उपाध्यायको पछिल्लो उपन्यास ‘आशक्ति’ तथा कवितासंग्रह ‘अन्तसंस्करण’ रहेको छ भने हालै दुई भजन ‘श्रीराम’ र ‘हरे कृष्ण’ श्रोता/दर्शकमाझ आएका छन् ।

यो पनि पढ्नुहोस्

‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन

‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन

६ घण्टा अगाडि
‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन

गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने

थप १४ वटा विधेयक संसद्‍मा दर्ता प्रक्रिया अन्तिम चरणमा

अर्थमन्त्री र विश्व बैंक समूहका अध्यक्षबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक