काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् ।
आइतबार देखि लागू हुनेगरी बैंकको सीईओ पदबाट राजीनामा दिएको ढुंगानाले जनाए ।
दुई वर्षे कार्यकाल सकिन १४ महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन् ।
‘मैले गत आइतबारदेखि नै मेरो राजीनामा स्वीकृत भएको छ,’ उनले भने । २०८१ जेठ २ मा बसेको नबिल बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई २ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।


