शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारी उम्मेदवारलाई मतदान नगर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारी उम्मेदवारलाई मतदान नगर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले डेमोक्रेटिक लयर्स एसोसिएन (डीएलए) र प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) मा आवद्ध कानुन व्यवसायीहरुलाई सरकारी उम्मेदवारलाई मतदान नगर्न आग्रह गरेका छन् ।

जिल्ला अदालत बार रुपन्देहीमा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले छातीमा हात राखेर, दिमागले सोचेर र अन्तर्मनले मत दिन डीएलए र पीपीएलएमा आवद्ध कानुन व्यवसायीहरुलाई आग्रह गरेका हुन् । वरिष्ठ अधिवक्ता श्रेष्ठले सरकारी उम्मेदवारले निर्वाचन जितेको खण्डमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले शून्य नम्बर दिएजस्तै बारले पनि शून्य नम्बर पाउने जनाए ।

‘तपाईँको संस्था के काम भयो ? तपाईँले उम्मेदवार छान्न पाउनुहुन्न । अब के–को लागि संगठन गर्ने ? त्यसकारण म पीपीएलएका साथीहरुलाई अनुरोध गर्न चाहन्छु । यसपटक विचारलाई छाडेर मतदान गर्नुपर्ने स्थिति खडा भएको छ । सरकारी उम्मेदवारले जित्यो भने तपाईँलाई पनि सिध्याउँछ । कुलमानले शून्य नम्बर पाएजस्तै बारले शून्य नम्बर पाउँछ । के हुन्छ त्यसपछि ? स्वतन्त्र बार, स्वतन्त्र न्यायपालिका ? न्यायाधीशको नियुक्ति स्वतन्त्र र सक्षम हुनुपर्छ । के हुन्छ ? त्यसैले हामीले के भनिरहेका छौं भने सरकारको हस्तक्षेप बारमाथि भएको छ । त्यसको विरुद्ध मतदान गर्नुपर्ने स्थिति छ,’– उनले भने ।

वरिष्ठ अधिवक्ता श्रेष्ठ सर्वोच्च अदालतले प्रतिपादन गरेको ‘विष वृक्षको सिद्धान्त’ वृक्षको सिद्धान्त स्मरण गराउँदै अमृत फलाउने हो भने अमृत नै रोप्नुपर्ने बताए । आफूहरुले सक्षम र स्वतन्त्र बार, स्वतन्त्र न्यायपालिका र कानुनको शासन चाहेको पनि उनले जनाए ।

‘मत कसलाई हाल्ने ? वकिलले प्रस्ताव गरेको मान्छेलाई हाल्ने कि सरकारले प्रस्ताव गरेको मान्छोलाई हाल्ने ? सवोृच्चले विष वृक्षको सिद्धान्त प्रतिवादन गरेको छ । त्यो भनेको के हो भने– अमृत फलाउने हो भने अमृत रोप्नुपर्छ । विष फलाउने हो भने विष रोप्नुपर्छ । रोप्ने विष, अमृत फल्दैन,’– उनले भने ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले वर्तमान सरकारलाई भष्मासुरको संज्ञा दिँदै यसले जहाँ छोयो त्यहीँ भष्म हुने जनाए । सरकारले बार छोएकाले अब त्यसलाई भष्म हुनबाट जोगाउनुपर्ने जनाए । ‘यदि तपाईँहरुले आफ्नो अधिकारको लागि लड्नु भएन र सरकारी उम्मेवदारले चुनाव जित्यो भने अब २० वर्षका लागि फेरि बार स्वतन्त्र रहन सक्दैन । धेरै ठूलो मूल्य चुकाउनुपर्छ । अहिले सडक हेर्नुस्–२०८४ को निर्वाचन हुन्छ कि हुँदैन भन्ने अवस्था सिर्जना भएको छ । कोही युवा नेपालमा बस्न नसक्ने अवस्था सिर्जना भएको छ । त्यो सरकारले गर्दा हो । भष्मासुर सरकार, यो सरकारले जहाँ छोयो, त्यो भष्म हुन्छ । यसपाली बार छोएको छ । अब बारलाई भष्म हुन दिनेकी बचाउने, त्यो तपाईँहरुकै अधिकारको कुरा हो,’– उनले भने ।

नेपाल बारको केन्द्रीय पदाधिकारी चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । वरिष्ठ अधिवक्ता श्रेष्ठले व्यवसायिक कानुन व्यवसायी समूहबाट अध्यक्ष पदको उम्मेदवार रहेका छन् । सो समूहको महासचिवमा यज्ञमणि न्यौपाने उम्मेदवार रहेका छन् ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक