चितवन । भरतपुर महानगरपालिका-४ गैंडाचोकस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


