मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माओवादीको रोकिएको अभियान भोलिदेखि सुरु

जनताका बीच पुग्ने कसरतमै ठगी, राहत चाहिएका जनतालाई आश्वासन मात्र

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
माओवादीको रोकिएको अभियान भोलिदेखि सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान पुनः सुरु गर्ने भएको छ । राजावादीहरूको सक्रियता बढेको भन्दै अभियान स्थगित गरेर राजधानी काठमाडौं केन्द्रित भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः तराई–मधेश जान लागेका हुन् । अभियान चैत ७ गते बिहीबार सुरु हुँदै छ ।

पूर्वनिर्धारित कार्यतालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाइँदै छ । रोकिएको अभियान बाराबाट सुरु हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । अभियान ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवन पुग्नेछ । चितवनबाट अध्यक्ष प्रचण्ड फेरि काठमाडौं फर्किनेछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थक राजावादीहरूले स्वागत गरेको विरोधमा माओवादी सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विरोधसभा गर्दै छ । अभियानमा अध्यक्ष प्रचण्ड, उपमहासचिवसम्म पार्टीका नेताहरू सहभागी हुँदै छन् । माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको थियो ।

अबको कार्यक्रम लगातार गर्नेभन्दा पनि बीचबीचमा ब्रेक गरेर सञ्चालन हुने माओवादीका उपमहासचिव तथा मधेश प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए । अभियान बीचैमा स्थगित हुँदा बाहिर गलत सन्देश जानेबारे पार्टीले समीक्षा गरेको उनले बताए । ‘केन्द्रीय नेतृत्व जिल्लाको अभियानमा केन्द्रित हुँदा काठमाडौंको राजनीतिमा भूमिका खेल्न नसकिने रहेछ । अब पहिलेको जस्तो निरन्तर अभियान हुँदैन । बीचबीचमा ब्रेक गरेर सञ्चालन गर्नेगरी तयारी गरेका छौं । चितवनसम्मको अभियान चलाएर फेरि काठमाडौँ फर्किनेछौँ । अभियान स्थगित हुँदा बाहिर गलत म्यासेज गएको छ । यी सबैलाई व्यवस्थापन गरी अगाडि बढ्नेछौं,’ यादवले भने ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले नेपाली राजनीतिमा कोर्स करेक्सनको बहस थालेका छन् । केही दिनअघि आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले शासकीय स्वरुप र निर्वाचन प्रणाली नै बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने जनाएका हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने उनको भनाइ थियो ।

यसअघि अभियानका क्रममा प्रचण्डले विगतमा पार्टी जनतातर्फ नफर्कनु कमजोरी भएको उल्लेख गर्दै अब गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्दै हिँडेका थिए । ‘विगतमा जनतालाई बेवास्ता भाएकै हो । अब हामी जनतासँग फर्किन अभियानमा आएका छौं,’ उनले सभामा भन्दै आएका थिए । अभियानका क्रममा प्रचण्डले आक्रोश, प्रश्न र गुनासोको सामना गर्दै हिँड्नु परेको थियो ।

प्रचण्डले पुराना पार्टीको रोग आफ्नो पार्टीमा पनि लागेको बताएका थिए । धनुषाको हंसपुर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले पुराना दलको सहकार्यले उनीहरूभित्रको रोग माओवादीमा पनि संक्रमण भएको बताएका हुन् । उक्त रोगको उपचार खोज्न माओवादी अहिले जनताबीचमा गएको पनि उनको भनाइ छ ।

माओवादीप्रति विश्वास गरेका लाखौं जनताको विश्वास कायम राख्न नसक्नु पार्टीको कमजोरी भएको पनि अध्यक्ष प्रचण्डले बताएका थिए । आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको उनको भनाइ छ । सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको पनि उनले बताएका थिए ।

तर, प्रतिपक्षमा पुगेपछि जनताको याद आउने प्रचण्ड एक्ला राजनीतिज्ञ होइनन् । अन्य दलका नेता पनि प्रतिपक्षमा पुगेपछि जनतालाई
सम्झने गर्छन् । त्यसैले सत्ता बाहिर भएर प्रचण्डले गर्ने प्रतिबद्धता सत्तामा पुग्दा कति कायम रहला भन्ने प्रश्न नै अभियानको क्रममा देखिएको छ ।

नेताहरुको गल्ती र कमजोरीका कारण माओवादीको विरासत गुम्ने अवस्थामा पुगिसकेको छ । सत्तामा पुगेर पनि देश र जनताका लागि योगदान दिन नसक्दा माओवादीले जनताको विश्वास पनि गुमाइरहेको छ । तर कांग्रेस र एमालेको मिलनले माओवादीमा पुनरुत्थानको बहस सुरु भएको छ । २०६३ मंसिर ५ मा बालुवाटारबाट सार्वजनिक भएको माओवादी त्यसपछिका १८ वर्षमा बनेका १३ वटा सरकारमध्ये १० वटामा सहभागी भएको छ । जसमा ४ वटा सरकारको नेतृत्व आफैँले गरेको छ । १८ वर्षमा जम्मा ४३ महिना मात्रै माओवादी विपक्षी बन्यो । तर माओवादीमा अब व्यापक रुपान्तरणको आवश्यकता देखिएको छ ।

माओवादीको एक हिस्सा सुरुवातदेखि नै संसदीय राजनीतिमा रमाएको छ । विप्लव नेकपालगायत क्रान्तिलाई निरन्तरताका लागि लडिरहेका छन् । यसलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पनि मनन गर्न आवश्यक छ । सत्तामा दुई दशक बिताउँदा पनि त्यसको उपलब्धि के भयो ? माओवादीले कहाँ बाटो बिरायो ? यसको निर्मम समीक्षा हुन जरुरी छ । यो समीक्षासहित जनतामा जान सके मात्र माओवादीले सर्वसाधारणबाट साथ पाउनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपाकाे बैठक बस्दै

१५ घण्टा अगाडि
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक