सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुर क्याम्पसमा हार्ने भएपछि नेक्राविसंघ मतगणना छोडेर हिँड्यो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
भक्तपुर क्याम्पसमा हार्ने भएपछि नेक्राविसंघ मतगणना छोडेर हिँड्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेक्राविसंघले लफडा गरेको छ ।

भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो ।

स्ववीयूको निर्वाचन सम्पन्न भएपस्चात बनाइएको आचार संहिता अनुसार नै मतगणना हुँदै गर्दा नेविसंघका उम्मेदवार २ सय भन्दा बढी मतान्तरले लिड गरेपछि विभिन्न बहानाबाजी गर्दै नेक्राविसंघका गणनामा बसेका प्रतिनिधिहरू उठेर हिँडेका हुन् ।

समानुपातिक र प्रत्यक्ष तर्फका मतहरू एक अर्का बाकसमा पनि हुन सक्ने र सो मत सदर मानिने भनिएको थियो तर समानुपातिकको मतपेटिकामा भएको प्रत्यक्ष तर्फको ३ मत प्रत्यक्षतर्फ गणना गरी रहेको स्थानमा ल्याएपछि विवाद भएको थियो । विवादका बिच नेक्राविसंघका गणनामा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू गणना स्थल छोडेर नारा बाजी लगाउँदै बाहिरिएपछि ५९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएको गणनामा बसेका एक प्रतिनिधिले बताए ।

आफू हार्ने पक्का पक्की भएपछि नेक्राविसंघले लफडा गरेको विद्यार्थीहरू बताउँछन् ।

२०६० साल देखि लगातार स्ववियू सभापति विजयी हुँदै आएको नेक्राविसंघ अघिल्लो पटक २०७९ देखि स्ववियू बाहिर भएको थियो । नेविसंघ र अनेरास्ववियू संयुक्त प्यानल निर्वाचनमा होमिएपछि यो पटक पनि नेक्राविसंघ स्ववियू बाहिर हुने पक्का पक्की भएपछि उनीहरूले विभिन्न बहाना गर्दै आएको अनेरास्वीयूका एक नेताले बताए ।

२०६० सालमा नेक्राविसंघ दुई टुक्रा भएको नेविसंघको एक खेमा साथमा लिएर स्ववियू सभापतिमा विजयी भएको थियो । यस्तै २०६२ र २०६५ सालमा अनेरास्वीयूलाई साथमा लिएर २०७३ मा नेविसंघ सँग संयुक्त प्यानल बनाएर नेक्राविसंघ नेपाल भरमा एक मात्र क्याम्पस भक्तपुर क्याम्पसमा आफ्नो बर्चस्व कायम गर्दै आएको थियो । अघिल्लो निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको प्यानल निर्वाचनमा होमिएपछि स्ववियू बाहिर भएको नेक्राविसंघ यो पटक पनि नेविसंघ र अनेरास्वीयूको नै प्यानल भएपछि आफू यो पटक पनि स्ववियू बाहिर हुने पक्का पक्क भएपछि मतगणनामा लफडा गर्दै आएको विद्यार्थी नेताहरू बताउँछन् ।

३ मत बढी आएपछि यो कसरी आयो भन्ने विषयमा विवाद भएको नेक्राविसंघका एक नेताले बताए । उनका अनुसार आचार संहिता अनुसार गणना भएको छैन समानुपातिक मतपेटिकामा भएको प्रत्यक्ष मत बढी मत हो यो कसरी आयो यहाँ धाँधली भएको छ भन्दै हामी गणना स्थलबाट बाहिरिएको उनको भनाई छ । कुन मत सदर हुने कुन बदर हुने भन्ने विषयमा सहमति भएको भए पनि समानुपातिकको मतपेटिकामा फेला परेको मत बढी नै भएको मत भएका कारण आफूहरूको यसमा विमति भएको उनले बताए ।

यो पनि पढ्नुहोस्

आज अक्षय तृतीया

आज अक्षय तृतीया

७ मिनेट अगाडि
स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक