काठमाडौं । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्ति पाएपछि राधाकुमारी पोखरेलले शेयर बजारसँग सम्बन्धित आफ्नो संगठनबाट राजीनामा दिएकी छन्।
पोखरेलले शेयर बजारका लगानीकर्तासँग सम्बन्धित ‘नेपाल पुँजीबजार लगानीकर्ता संघ’को अध्यक्ष पदबाट राजीनामा दिएकी हुन्। आफू बीमा प्राधिकरणको सञ्चालक नियुक्त भएपछि संघमा बसेर काम गर्न नमिल्ने भएकोले राजीनामा दिएको पोखरेलले उल्लेख गरेकी छन्।
उनी उक्त संगठनमा २०७५ साउन २ गतेदेखि अध्यक्षको भूमिका थिइन्। उनले उपाध्यक्ष राजु पौडेलसमक्ष राजीनामा पेस गरेकी हुन्।
त्यसो त पोखरेललाई बीमा प्राधिकरणमा महिला सञ्चालकमा नियुक्ति गरिएकोमा निकै आलोचना भइरहेको छ। किनकि उनीसँग बीमा ऐन, २०७९ मा तोकिएबमोजिमको विज्ञता र कार्यानुभव नरहेको जानकारहरुको दाबी छ।