बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री ओली नेतृत्वको सरकार असफल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रधानमन्त्री ओली नेतृत्वको सरकार असफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् ।

आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल भईसकेको बताउदै नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गरे ।

‘सरकार सबैमोर्चामा असफल भईसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहित बहुमत मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा असफल सक्नुभएको छ । आफ्नै मुल्यांकनमा सरकार असफल भईसकेको छ । जनताको चाहना र आवश्यक्ता सम्बोधन गर्न सकेको छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘हामीले घोषणा गरे अनुसार नागरिकको सर्वोच्चता सहितको तेस्रो जनआन्दोलनलाई शसक्त र सफल बनाउन सबै एकजुट भएर अगाडी बढनुको बिकल्प छैन् ।’

आगामी २४ मा आजपाले काठमाडौंमा खबरदारी सभाका साथै बिरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको पदाधिकारी बैठकमा आजपा अध्यक्ष साहले आन्दोलनलाई कसरी व्यवस्थित र प्रभावकारी रुपमा अगाडी बढाने बारेमा बृहत छलफल आवश्यक रहेको जनाए । गतबर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको जनाए ।

नेताहरुको कुकर्मका कारण गणतन्त्र बदनाम भएको बताउदै उनले भ्रष्ट एवं दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको जनाए । दलाल दलतन्त्रको अन्त्य नै वर्तमान संकटको समाधान भएको साहले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष रहेको छ ।

‘आज दलाल दलतन्त्रले देश बेहाल छ । नेताहरुको कुकर्मले गणतन्त्र बदनाम छ । जनताको रगत पसिना चुसेर नेताहरु मोटाएका छन् । नेताका आसेपासे मालामाल छन्, जनता लचार छन्’, आजपा अध्यक्ष साहले भने, ‘कसैको अगाडी कहिल्यै नझुकेको हाम्रो गौरवशाली इतिहास आज दलालीले पोतिदैछ । नेपाली जनताको सपना खोसिएको छ ।’

केही गर्न बिदेशै जानुपर्ने बाध्यात्मक स्थिति शासकहरुले निर्माण गरेको आरोप उनले लगाए । पढनेदेखी रोजगारका लागि विदेशिने क्रम बढेको जनाउँदै यो सबै अवस्थाको सृजना शासनमा रहेका नेताहरुले निर्माण गरेको आरोप उनको छ ।

‘केही गर्नका लागि विदेशै जानुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ । आश बोकेर विदेश जानेहरु आज लाश बनेर फर्किरहेका छन् । यतिमात्रै हैन आज हाम्रो अर्थतन्त्र डमाडोल छ, व्यापार घाटामा छ, नेताहरुको अत्याचार र भ्रष्टाचार बढेको छ । सुशासन सुनशास छ, विकास विलाएको छ, कर आतंक छ, महंगी आतंक छ । हाम्रो प्राकृतिक सम्पदाहरुको खुलेयाम विक्री र दोहन भईरहेको छ । जनता दिनदिनै बैदेशिक ऋणमा थिचिदैछन् । यी तमाम संकटको अन्त्यका लागि तपाई हामी अगाडी आउँनै पर्छ’, साहले भने ।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।

बसेको पदाधिकारी बैठकले आन्दोलनको कमाण्डरका साथै बिभिन्न समितिहरु गठन गर्दै सम्पन्न हुने महासचिव त्रिभुवन साह अमरले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

२ घण्टा अगाडि
जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक