टोखा । सोमबार राति २० करोडभन्दा बढी रकमसहित काठमाडौंबाट एकजना पक्राउ गर्न सफल भएकाे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको जनाए। उनका अनुसार ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ,अमेरिकी डलर,युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको हो।
पक्राउ परेका व्यक्तिको परिचय गाेप्य नै राखिएकाे छ ।