शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपा र खाद्य विभागबीच सहमतिपत्रमा हस्ताक्षर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कामपा र खाद्य विभागबीच सहमतिपत्रमा हस्ताक्षर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमुना परीक्षणका माध्यमबाट खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य थालिएको महानगरले जनाएको छ ।

संयुक्त अनुगमन तथा निरीक्षणका लागि घुम्ती खाद्य प्रयोगशाला सञ्चालनका लागि आवश्यक साधनस्रोत व्यवस्था महानगरले गर्ने छ । अन्य व्यवस्थापन संयुक्त रूपमा हुनेछ । अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिस्ट तथा विज्ञसहित संयुक्त टोली हुनेछ । अनुगमन निरीक्षण सम्बन्धी कार्ययोजना दुवै पक्षको सहभागितामा निर्धारण हुनेछ । महानगरको सेवामा रहेका फुड टेक्नोलोजिस्ट र माइक्रोबायोलोजिस्ट तथा अन्य कर्मचारीलाई विभागले क्षमता विकास गराउने छ ।

सहमतिपत्रमा हस्ताक्षर गरिसकेपछि महानिर्देशक कर्णले सहमति अनुसारका कामबाट काठमाडौंमा थोरै लगानी भएका ठाउँमा खाइने खाना होस् कि ठूलो लगानीमा सञ्चालित खाद्य सेवाका ठाउँ, जहाँबाट पनि उपभोक्ताले स्वच्छ खाना प्राप्त गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

‘स्थानीय तह आफैंसँग खाद्य प्रयोगशाला हुन सकोस् । आफैं अनुगमन, परीक्षण र नियमन गर्न सकुन् भन्ने मनसाय राखेर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले स्थानीय तहलाई आफैं प्रयोगशाला स्थापना गर्न तथा सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । महानगरले यो क्षमतामा काम गर्न सक्छ । विभागले प्राविधिक सहयोग उपलब्ध गराउने छ,’ उनल भने, ‘महानगरसँगको सहकार्य थालनी हो । विभागले सबै स्थानीय तहसँग यसरी नै सहकार्य गर्ने छ ।’

आपसमा भएका क्षमता बाँडेर काम गर्दा स्वच्छ खाद्य सेवामा दिगो नतिजा आउने उनले बताए । विभागका उपमहानिर्देशक सोमकान्त रिजालले अनुगमनमा यसअघि देखिएको दोहोरोपनाको समस्या हटेर एकीकृत अनुगमन प्रणाली स्थापना हुने बताउँदै यसबाट व्यावसायिक वातावरणमा सकारात्मक प्रभाव पर्ने जनाए ।

‘समाजको तल्लो तहमा रहेका नागरिकलाई राज्यले प्रदान गर्ने सुविधा नजिकैको सरकारबाट प्रदान गर्न संविधानले कल्पना गरेको सहकार्य संस्थागत हुँदै गएको छ,’ सहकार्यका विषयमा धारणा राख्दै महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ।महानगरले खाद्य स्वच्छता परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागेको जानकारी उनले दिए ।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

९ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक