बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युद्धविराममा जान रुस असहमत

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
युद्धविराममा जान रुस असहमत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

मस्को/वासिङ्टन । अमेरिकासँगको वार्तामा युक्रेन एकमहिने युद्धविराममा जान सहमत भए पनि रुस भने असहमत भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले एकमहिने युद्धविराम प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

अस्थायी युद्धविरामले युक्रेनलाई पुनः संगठित हुने मौका दिने भन्दै उनले अस्वीकार गरेका हुन् । रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको उनको भनाइ छ । ‘रुस र अमेरिकाबीच शान्त तरिकाले विचारको सामान्य आदानप्रदान भइरहेको छ,’ उनले भनेका छन् ।

यसअघि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको प्रतिक्रिया दिएका थिए । वार्तामा सहमति भएको सम्भावित युद्धविरामबारे टिप्पणी गर्नुअघि अमेरिकीहरूको प्रतिबद्धताको विश्लेषण गर्न आवश्यक रहेको उनको भनाइ छ । अमेरिका, युक्रेनलगायतका देशले प्रतिक्रिया पर्खिरहेका बेला रुसी राष्ट्रपति पुटिनले भने बुधबार युद्धग्रस्त कुर्स्कको क्षेत्रको अप्रत्याशित भ्रमण गरेका छन् । उनी गत अगस्टमायुक्रेनको आक्रमणपछि पहिलो पटक कुर्स्क पुगेका हुन् ।

पुटिनले कुर्स्कबाट युक्रेनी सेनालाई धपाउने रुसको अभियान अन्तिम चरणमा प्रवेश गरेको बताएका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जारी गरेको तस्बिरमा पुटिन सैन्य पोसाकमा देखिन्छन् । रुसको सरकारी समाचार संस्था तासका अनुसार पुटिने रुसी सेनालाई कुर्स्क क्षेत्र पूर्ण रूपमा फिर्ता लिन आदेश दिएका छन् । नियन्त्रणमा लिइएका कुनै पनि युक्रेनी सैनिकलाई आतंकवादी मानिने पुटिनको भनाइ छ ।

क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले कुर्स्क क्षेत्र युक्रेनी सेनाबाट चाँडै फिर्ता लिइने र स्वतन्त्र घोषित गरिने बताएका छन् । ‘राष्ट्रपतिले यो काम सकेसम्म चाँडो गर्न आवश्यक रहेको बताउनुभएको छ । सकेसम्म हाम्रा धेरै सेना र शान्तिकामी बासिन्दाको जीवन बचाउन समय लाग्नेछ । तर कुर्स्क क्षेत्र चाँडै नै मुक्त हुनेछ भन्ने कुरामा कुनै शंका छैन,’ उनले भनेका छन् ।

रुसी सेनाले पहिले युक्रेनी सेनाले कब्जा गरेको कुर्स्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः नियन्त्रण गरेको जनाएको छ । रुसले गत अगस्टमा कुर्स्क क्षेत्रमा गरेको भीषण आक्रमणपछि युक्रेनले हजारौंलाई अन्यत्र सारेको थियो । तर जनवरीमा युक्रेनले प्रतिआक्रमण सुरु गरेपछि उक्त क्षेत्रमा लडाइँ चर्किएको हो । त्यतिबेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुर्स्कमा गरिएको कारबाहीले पूर्वी युक्रेनका प्रमुख क्षेत्रहरूमा रुसी सेना तैनाथ हुनबाट रोकेको बताएका थिए । तर केही दिनयता भने रुसले उक्त क्षेत्र पुनः प्राप्त गरिरहेको छ । बुधबार युक्रेनले आफ्ना सेना कुर्स्कबाट फिर्ता भइरहेको संकेत गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धविरामको सम्भावनाबारे ‘सकारात्मक सन्देश’ प्राप्त गरेको बताएका छन् । ट्रम्पले युक्रेन तयार रहेको सम्झौतामा सहमति नभए रुसका लागि आर्थिक रूपमा ‘धेरै नराम्रो’ हुन सक्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि युक्रेनले शान्तिका लागि आफ्ना साझेदारसँग सकेसम्म चाँडो काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । युद्धविराम प्रस्तावबारे छलफल गर्न राष्ट्रपति ट्रम्पका विशेषदूत स्टिभ विटकोफ रुसी राजधानी मस्को पुगेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले आफ्ना रुसी समकक्षीसँग कुरा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकासँग साउदी अरबमा मंगलबार भएको वार्तामा युक्रेनले अमेरिकी प्रस्ताव स्वीकार गर्दै तत्काल एक महिनाका लागि युद्धविराम गर्न तयार भएको हो । युक्रेनले रुससँग जमिन, समुद्र र आकाशमा ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका छन् ।

वार्तामा युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहा, रक्षामन्त्री रुस्तेमा उमेरोभ, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मक सहभागी थिए । विदेशमन्त्री मार्को रुबियो नेतृत्वको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज तथा आयोजकका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिन मोहम्मद अल–ऐवान उपस्थित थिए ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने तयारी गरेपछि २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता रुसले युक्रेनको करिब २० प्रतिशत भूभागमा नियन्त्रण लिइसकेको छ ।

यो पनि पढ्नुहोस्

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

७ मिनेट अगाडि
बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

अवैध लागूऔषध सहित चार जना पक्राउ

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक