भक्तपुर । नेपालमै पहिलो पटक च्याउको चिया पसल संचालनमा आएकाे छ।
फागुन २६ गते साेमबारदेखि मध्यपुर थिमी नगरपालिका -९ निकोसेरा भक्तपुरमा ???????????????????????? ???????? Mushroom hub cafe & fast food र Mushroon seed nepal and research center सँग सहकार्यमा संचालनमा ल्याएको हो ।
Mushroim seed nepal & research center का director आकाश बाडेले लामो समयदेखि च्याउ खेती च्याउको बिउ उत्पादन साथै नेपालमा नै पहिलो पटक रातो च्याउको खेती गर्नुभएको हो र च्याउको रिसर्च पनि गर्दै बिभिन्न तालिम संचालन गर्दै आएकाे छ ।
भक्तपुर क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग़ बिशेषज्ञ डा. रोशन प्रजापतिद्वारा उद्घाटन गरी संचालनमा आएकाे हाे । नेपालमै पहिलो च्याउको चिया मात्र नभई च्याउको छोयला
सम्यबजी,च्याउको मो:मो:,बारा, च्याऊ तामा लगायत च्याउको अन्य परीकार साथै चाकु-योमरी,खुवा-योमरी,चकलेट-योमरी सहित च्याउको अन्य उत्पादन ग्यानोग्रीन,ग्यानोको, रेसी-मशरुम कन्य, सिइताके,गोब्रे च्याउ लगायत पाइने च्याउ पारखीहरुको लागि एक मात्र गन्तब्य हुनेगरी सामाजिक अभियन्ता निशुल प्रजापतिले जानकारी गराए ।
उनले देशमै केही गराैं आत्मनिर्भर बनाैं भन्ने हेतुले विदेश पलायन हुनु भन्दा पाैरखी हातहरु दश नंग्रा खियाएर राष्ट्रलाई समृद्ध बनाउन सबै नेपाली अगाडि बढ्नु पर्ने उदेश्यका साथ आफूले स्वदेशमै पहिलाे पटक च्याउकाे विशेष परिकारसहित संचालनमा ल्याएकाे जनाए ।


