सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विराट गोल्डकप: आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
विराट गोल्डकप: आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको छ । यहाँको सहिद रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो ।

जितका लागि थ्रीस्टारका प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

दीपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढङ्गले जाली चुमाए । दोस्रो गोल खेलको २८औँ मिनेटमा भयो ।

आशिष चापागाईंले निकालेको पासलाई दीपेशले आकर्षक गोलमा परिणत गरी अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१औँ मिनेटमा भयो । नवीन लामाले गोल गर्दै जित सुनिश्चत गरे ।

आर्मीका तर्फबाट कप्तान नवयुग श्रेष्ठ तथा निरज चौधरीले समान १–१ गोल फर्काए । नवयुगले खेलको ८३औं मिनेटमा गोल गरे । दोस्रो गोल आर्मीका निरज चौधरीले पेलान्टी सुटआउटबाट गरे ।

आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा ‘डिबक्स’ भित्र थ्रीस्टारका खेलाडीले ‘फल’ खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।

प्रतियोगिताको ‘प्लेयर अफ दी म्याच’ थ्रीस्टारका प्रशान्त लिम्बू घोषित भए । उनले नगद रु ११ हजार पाए ।

जितसँगै उपाधि रक्षाका लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्बइजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

विसं २०७४ मा पनि थ्रीस्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो ।

तत्कालीन राजा महेन्द्रको नामबाट विसं २०१८ मा महेन्द्र गोल्डकप सुरु गरिएकामा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आइएको छ ।

पञ्चायतकालमा २७ तथा बहुदल आएपछि विराट गोल्डकपका नामबाट यो नवौँ प्रतियोगिता हो ।

यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए।

यो पनि पढ्नुहोस्

इरानको फुटबल टाेलीलाई विश्वकप खेल्न भिसा दिएन

इरानको फुटबल टाेलीलाई विश्वकप खेल्न भिसा दिएन

१ दिन अगाडि
भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जित्याे

भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जित्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक