काठमाडाैं । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डीडब्लुआईटी) ले सातौँ संस्करणको ‘डिडब्लुआईटी जब फेयर’ आयोजना गरेको छ । फागुन २४ गते डियरवाकले सातौं संस्करणको डियरवाक कम्प्लेक्स सिफलमा जब फेयर आयोजना गरेको थियो ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यक्रम सञ्चालन भएको थियो । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले हरेक वर्ष जब फेयर गर्दै आएको छ ।
जब फेयरले आईटी शिक्षा र आईटी उद्योगलाई एउटै स्थानमा ल्याएर विद्यार्थी र ग्राजुएटहरूलाई आईटी कम्पनीसँग अन्तर्क्रिया र रोजगारीको अवसर प्रदान गर्ने गरेको छ ।
यस वर्ष जब फेयरमा ३० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए भने २४०० भन्दा बढी विद्यार्थी तथा ग्राजुएटहरू मेलामा सहभागी भएका थिए ।
फेयरमा सहभागी कम्पनीहरूले अन-स्पट अन्तर्वार्ता, प्लेसमेन्ट परीक्षणहरू, इन्टर्नशिप र रोजगारीका अवसरहरू उपलब्ध गराएका थिए ।