काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरुको अभियानमा जोडिन सुझाव दिएका छन् ।
शुक्रबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब कांग्रेस र एमाले बिर्सिएर आफूहरुको अभियानमा आउन भने । उनले अहिलेको समय नै पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंको समय भएको पनि दाबी गरे । उनले भने, ‘यो समय राजा र दुर्गा प्रसाईंको हो ।’
‘बालेन भाइ, राजीनामा दिएर हाम्रो अभियानमा आउन आग्रह गर्छु । स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’