सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ दिव्यश्वरी गेष्ट हाउस नजिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३५ ग्राम सहित सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भई भक्तपुर नयाँ थिमी बस्ने ४३ वर्षीय मोहन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ६ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर घर भएका २६ वर्षीय ओमकार तामाङ र काभ्रे धुलिखेल नगरपालिका-९ बस्ने २७ वर्षीय मुन्ना विक रहेका छन् ।

प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-१ बौनिया बस्ने २५ वर्षीय रिजन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१५ गोबरीया राधाकृष्ण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने लक्ष्मण आर्याल, भीमदत्त नगरपालिका-१८ बस्ने २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोशन शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले लक्ष्मणको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-१ बस्ने २१ वर्षीया यशोदा राना र सोही नगरपालिका-३ बस्ने २७ वर्षीय प्रबेश धामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१२ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ मिल्स एरिया बस्ने ३१ वर्षीय जितेन्द्र साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ महोत्तरी, २३ फागुन आफ्नै श्रीमती २४ वर्षीया सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलवा नगरपालिका-५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ बर्दिया, २३ फागुन १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शिव प्रसादले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । डुबेर मृत्यु काठमाडौं, २३ फागुन महोत्तरी, पिपरा गाउँपालिका-६ रतौलीस्थित शिव इँटा उद्योगमा काम गर्ने भारत प्रदेश युपी साहाजातपुर ग्राम छारा पोष्ट प्वाया बस्ने सुरज पालकी छोरी ३ वर्षीया सैजल पालको सोही उद्योगमा रहेको पानीको खाल्डोमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

सिराहा, लहान नगरपालिका-१० स्थित प्राविधिक शिक्षालयको ग्राउण्ड भित्र रहेको पोखरीमा डुबेर सिरहा नगरपालिका-२१ लकडिगोठ घर भएका ५६ वर्षीय देब नारायण मण्डलकी नातिनी ३ वर्षीया पृषा मण्डलको मृत्यु भएको छ । बिहीबार दिउँसो डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

३ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक