बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

ट्रम्पले सिकाए देश आत्मनिर्भर बन्ने बाटो

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएको एक महिनामै उनका निर्णयहरुले विश्वभर तहल्का मच्चाएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) ले विश्वभर दिँदै आएको सहयोग बन्द गर्ने निर्णयले नेपालजस्ता देशमा गैरसरकारी संस्था (आईएनजीओ) हरुमा आश्रित व्यक्ति, संघसंस्था प्रभावित भएका छन् । एमसीसी स्थगित गर्ने निर्णयले त्यसका परियोजना पनि बन्द भएका छन् । अमेरिकाले क्यानडा, चीन, मेक्सिकोलगायत देशहरुका सामग्रीमा कर वृद्धि गरेको छ भने रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धका विषयमा पनि हस्तक्षेप गरिरहेको छ ।

यसबीचमा, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको ह्वाइटहाउसमा खप्की खानुपरेको भिडियो पनि अहिले भाइरल छ । युक्रेन त्यही देश हो, जसले अमेरिकाको आडमा तीन वर्षदेखि रुससँग युद्ध गर्दै आएको छ । तर, अमेरिकाले अहिले सहयोग नगर्ने मनसाय देखाएपछि र उल्टै रुससँग सहकार्यको हात बढाउन थालेपछि जेलेन्स्की अप्ठ्यारोमा परेका छन् । यसले जेलेन्स्कीलाई मात्र होइन, विश्वका अन्य देशहरुलाई पनि आफ्नो विकास, समस्याको समधान आफैं गर्नुपर्ने र देशलाई आत्मनिर्भर बनाउनुपर्ने पाठ सिकाएको छ । नत्र अरुको भरमा पर्ने देशले अमेरिकाले जस्तै कुनै बेला साथ छोड्नसक्ने अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने छ ।

ट्रम्प प्रशासनका यी निर्णयका असरबारे नेपाली संसद्मा पनि बहस भएको छ । तर, मुख्य बहसचाहिँ युक्रेनजस्ता साना देशले शक्तिशाली राष्ट्रको आड लिएर अघि बढ्ना भविष्यमा देखिने समस्या र नेपालले सिक्नुपर्ने पाठका विषयमा हुनुपर्ने देखिन्छ । विश्वमा भूराजनीतिक ध्रुवीकरण बढ्दो छ । एकातिर, युरोप–अमेरिकाको खेमा छ, अर्कोतिर रुस, चीन, उत्तर कोरियाजस्ता देशहरुको समूह । एसियाका मध्यपूर्वका मुस्लिम बाहुल्य देशहरुको संगठन पनि अहिले सशक्त रुपमा प्रस्तुत हुँदै आएको छ । एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारत आगामी दिनमा झनै शक्तिको केन्द्र बन्ने भएपछि विश्वको ध्यान यी देशहरुमा पनि छ । यी दुवै देश नेपालको छिमेकी भएकाले स्वाभाविक रुपमा यसको असर नेपालमा पनि पर्ने नै भयो । नेपालको भूराजनीतिक अवस्थितिको महत्वका कारण अहिले शक्तिराष्ट्रहरुको चासो यहाँ बढ्न थालेको छ । त्यसैले नेपालाई शक्तिराष्ट्रले दुरुपयोग गर्न सक्ने भएकाले त्यसतर्फ चनाखो हुन जरुरी छ ।

अर्कोतर्फ नेपाल विकासका लागि अन्य देशको सहायतामा निर्भर रहँदै आएको छ । तर, विश्वका कुनै पनि देशले आफ्नो स्वार्थ नभई सहयोग गर्दैनन् भन्ने कुरा अमेरिका र युक्रेनका राष्ट्रपतिको संवादले स्पष्ट पारेको छ । नेपालले पनि अन्य देशसँगको सहयोग लिँदा यसले दूरगामी रुपमा के असर पर्छ भन्ने अध्ययन गर्न आवश्यक छ । नेपाल पछिल्लो समय हरेक वस्तुमा परनिर्भर बन्दै गएको छ । आफ्ना युवालाई विदेशमा निर्यात गर्ने र त्यहाँबाट भएको कमाइले भने विदेशबाटै सामान आयात गरेर उपभोग गर्ने प्रवृत्ति बढ्दो छ । यो परनिर्भरताको मूल्य नेपालले बेलाबेलामा चुकाउँदै आएको छ र आगामी दिनमा पनि त्यस्तो अवस्था नआउला भन्न सकिन्न । त्यसकारण देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकार र नेताहरुको ध्यान जान आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

९ मिनेट अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

वाम एकता ! समाजवाद कि दलालवाद ?

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

वाम एकता ! समाजवाद कि दलालवाद ?

खापुङकाे विदेश भ्रमण रोक

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक