शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 mins read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महाशिवरात्रिको दिन बुधबार आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।

पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाशिवरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।”

पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमान्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौँ भक्तजनको भिड लागेको छ । भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चारवटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

अमेरिका पठाउने भन्दै करोडौँ ठगी, तीन जना पक्राउ

यसैबिच, वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै रु. एक करोड ४४ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–१ घर भई हाल ललितपुर महालक्ष्मी–४ बस्ने २४ वर्षीय मनीषराज खड्का, रुकुमपश्चिम मुसिकोट–२ घर भई हाल काठमाडौँ टोखा–३ बस्ने २७ वर्षीय मधुकुमार खड्का तथा रुकुमपश्चिम मुसिकोट–२ कै ३४ वर्षीय वीरेन्द्र खड्का रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुई जनालाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै रु. एक करोड ४४ लाख ५० हजार रकम लिई लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई ठगी गरी सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको सूचना अधिकारी आचार्यले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

६ घण्टा अगाडि
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई

माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक