साथै उहाँले गत वर्षको बार्षिक साधारण सभामा आफुले व्यक्त गरिएका धेरै योजनाहरु कार्यान्वयन भएको जनाउँदै आगामी वर्षहरुमा कलेजलाई अझ नयाँ उचाईमा लैजाने बताउनु भयो । उहाँले चिकित्सा शिक्षातर्फ नयाँ विषयहरु थप गरिएको, सिट संख्यामा बृद्धि भएको पनि जानकारी दिनुभयो । भौतिक पूर्वाधारमा डेण्टल कलेजको नयाँ भवन निर्माण सम्पन्न भई सूचारु भइसकेको, सी ग्रेडको ल्याबलाई बी ग्रेडमा अपग्रेट गरिएको, अस्पताल भित्रै २४ ब्लड बैंक स्थापना गरिएकोले आउँदा दिनहरुमा कलेजको स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा थप बृद्धि हुने विस्वास व्यक्त गर्नुभयो ।
साधारण सभामा बोल्दै कलेजका प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नेपाल मेडिकल कलेजको शैक्षिक, स्वास्थ्य क्षेत्र र प्रशासनिक सेवा सुधार्न आफुहरुले चालेका योजनाहरु सफल हुँदै गएको र त्यसमा सबैले साथ सहयोग गरेको बताउनु भयो । आगामी दिनहरुमा कलेजलाई नयाँ उचाईमा पुर्याउन सबैको सकारात्मक सल्लाह सुझाबको अपेक्षा गरिएको उहाँको भनाई छ ।
साधारण सभामा कलेजका सञ्चालक समिति सदस्य डा. भोला रिजाल, डा. आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीले पनि सबैको सहकार्य र सहयोगले कलेज अगाडी बढाउने बताउनु भयो ।
कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारण सभाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैंया कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।


