आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

बेलुन विष्फोट : जनअसन्तुष्टि कि असावधानी ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरामा एक कार्यक्रम उद्घाटनका क्रममा सुरक्षा लापरबाही हुँदा बेलुन विस्फोट भयो र अर्थमन्त्री विष्णु पौडेल तथा पोखराका मेयर धनराज आचार्य घाइते भए । प्रज्ज्वलनशील रसायन भरिएको बेलुनमा आगलागी भएपछि घाइते भएका दुवैको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको छ । हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोक्किँदा विस्फोट भई आगोको मुस्लो निस्किएको थियो । उक्त आगोको मुस्लोले बेलुनको झुप्पा समाइरहेका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई छोपेको थियो । गृह मन्त्रालयले बेलुन विष्फोट प्रकरणबारे छानबिन गर्न आठ सदस्यीय समिति बनाएको छ । गृहमन्त्री रमेश लेखको निर्देशनमा बनेको समितिले १५ दिनमा प्रतिवेदन पेश गर्नुपर्नेछ । तर अहिले बेलुन विस्फोटमा देखिएको असावधानीका साथसाथै जनअसन्तुष्टिका विषय पनि अगाडि आएका छन् ।

देशको एउटा मुख्य दलका प्रमुख नेता तथा मेयर घाइते हुँदा सामाजिक सञ्जालमा सहानुभूति आउनुपर्ने हो, त्यसअनुसार टिप्पणी हुनुपर्ने हो । तर, त्यसविपरीत उक्त घटनाको भिडिओ र फोटो सामाजिक सञ्जालमा आएपछि अधिकांश पोस्टमा नकारात्मक टिप्पणी देखिएको छ । नेताहरू प्रति सहानुभूति वा दुःख प्रकट गरेका टिप्पणी विरलै भेटिन्छन् । जनताको यत्रो असन्तुष्टि किन त ? यो घटनामा मात्र नभई कुनै नेता दुर्घटनामा पर्दा वा कुनै भवितव्य हुँदा पनि जनताले सहानुभूति भन्दा नकारात्मक नै टिप्पणी गरेका भेटिन्टन् । यस्तो हुनुको कारण हो, नेताप्रति जनताको चरम वितृष्णा । यो यथार्थ हो कि नेताहरुको कार्यशैली जनताले मन पराएका छैनन् । सामाजिक सञ्जालमा राजनीतिज्ञहरूले नकारात्मक कमेन्टको सामना गरेको घटना नौलो होइन । हरेक दिनजसो कुनै न कुनै नेताको सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू नकारात्मक कमेन्ट गर्ने अभियानमा लागिरहेका हुन्छन् ।

नेताहरुको उपचारको क्रममा देखिएको दृश्यले पनि जनतालाई अझ धेरै आक्रोशित बनाएको छ । यो घटनाअघि काठमाडौंको कमलपोखरीस्थित शानदार मम पसलमा सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए, जसमध्ये ४ जनाको मृत्यु भएको छ । तर यो घटना हुँदा सरकारले बेवास्ता गरेकोमा जनताको आक्रोश छ । काठमाडौंमा वर्षेनि मम पसलको संख्या बढे पनि सरकारसँग त्यसको आधिकारिक तथ्यांक छैन । सुरक्षाको दृष्टिले त्यस्ता पसलले सामान्य मापदण्ड पनि पालना गरेका छैनन् । तर, सर्वसाधारणको सुरक्षा सरोकारसँग सम्बन्धित विषयमा भने सरकारले विरलै मात्रै चासो दिने गरेका छन् । यही कारण पनि नेतासँग सम्बन्धित घटनामा जनताले असन्तुष्टि व्यक्ति गर्दै आएका छन् ।

संसद्मै यो विषय उठेको छ । रास्वपाकी सांसद विनिता कठायतले समस्यामा परेका सबैको समान रूपमा उद्धार र उपचार हुनुपर्ने बताएकी छन् । तर, राज्यको व्यवहार सर्वसाधारण नागरिकका लागि एक र भीआईपीका लागि अर्को व्यवहार हुने गरेको उनको भनाइ थियो । राज्यले कमलपोखरीको दुर्घटनालाई कम महत्व दिएको उनले बताइन् । रेस्क्युको सवालमा यो देशमा भीआईपीहरूलाई हेलिकप्टर लगिन्छ । तर, आम जनताका लागि भने एम्बुलेन्स पनि समयमा पुग्दैन र पिकअप गाडीमा राखेर अस्पताल पु¥याइन्छ । संविधानले देशका सबै नागरिक समान रहेको भनेको छ, तर त्यस अनुसार व्यवहार हुन सकेको छैन । यो घटनाबाट नेताले केही सिक्ने कि ?  जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

रविविरुद्धको सहकारी ठगी प्रकरणमा अर्को मिति  ताेक्याे

रास्वपाका सभापति भारत भ्रमणमा जाने

५ मिनेट अगाडि
भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक