सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जलेन्स्कीकाे पक्षमा उभियो युरोप र क्यानडा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जलेन्स्कीकाे पक्षमा उभियो युरोप र क्यानडा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मामुली कमेडियन र तानाशाह भनेका छन् । उनको यो अभिव्यक्तिले नेताद्वयबीच वाकयुद्ध सुरु भएको छ।

ट्रम्पले बुधबार आफ्नो मार-ए-लागो रिसोर्टमा दिएको एक बयानमा जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्। यसले दुवै नेताबीचको विवादलाई अझ चर्काएको छ।

यसअघि, जेलेन्स्कीले ट्रम्प गलत जानकारीसहित भ्रममा बाँचिरहेको बताएका थिए। जेलेन्स्कीको यो भनाइ ट्रम्पको आरोपको जवाफस्वरूप आएको हो।

ट्रम्पले मंगलबार युक्रेनमा जेलेन्स्कीको लोकप्रियता दर घटेर मात्र ४ प्रतिशतमा झरेको बताएका थिए ।

ट्रम्पले बुधबार सामाजिक सञ्जालमा पनि एउटा पोस्ट गरेका थिए। उक्त पोस्टमा उनले जेलेन्स्कीलाई सामान्य हास्य कलाकार र बिना चुनाव राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका थिए ।

युरोप र क्यानडाको समर्थन जेलेन्स्कीलाई   

ट्रम्पले तानाशाह भनेपछि यस्तो टिप्पणीको विरुद्धमा युरोपेली नेताहरू जेलेन्स्कीको समर्थनमा आएका छन्। जर्मन चान्सलर ओलाफ शोल्जले राष्ट्रपति जेलेन्स्कीको लोकतान्त्रिक वैधतालाई अस्वीकार गर्नु पूर्ण रूपमा गलत र खतरनाक रहेको बताएका छन्।

जर्मन विदेशमन्त्री अन्नालेना ब्याएरबोकले पनि ट्रम्पको भनाइलाई निराधार र बेतुकाको संज्ञा दिएकी छन्।

यता, बेलायती प्रधानमन्त्री कीर स्टार्मरले जेलेस्कीलाई फोन गर्दै आफ्नो समर्थन जनाएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार स्टार्मरले युद्धको बेला चुनाव स्थगित गर्नु पूर्ण रूपमा उचित भएको बताएका छन्।

स्विडेनी प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पनि ट्रम्पको आलोचना गरेका छन्।

यस्तै, क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो समेत जेलेन्स्कीको समर्थनमा उभिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेका छन्, ‘क्यानडा सधैं युक्रेनको समर्थनमा रहनेछ।’

‘ट्रम्प रूसी भुलभुलैयामा बाँचिरहेका छन्‘

ट्रम्पले आफ्नो लोकप्रियता दर (अप्रूवल रेटिङ) घटेको दाबी गरेपछि, जेलेन्स्कीले बुधबार प्रतिक्रिया दिंदै भने, ‘सबैभन्दा नयाँ नतिजाहरू अनुसार मलाई ५८ प्रतिशत समर्थन प्राप्त छ, जसको अर्थ यति धेरै युक्रेनी जनताले ममाथि विश्वास गर्छन्। त्यसैले, यदि कसैले मलाई सत्ताच्युत गर्न चाहन्छ भने अहिले त्यो सम्भव छैन।’

जेलेन्स्कीले रूसले लगातार युक्रेनबारे गलत सूचना फैलाइरहेको जिकिर गरे । उनले थपे, ‘हामी राष्ट्रपति ट्रम्पको सम्मान गर्छौं, तर दुर्भाग्यवश, उनी गलत सूचनाद्वारा सिर्जित भुलभुलैयामा बाँचिरहेका छन्। मेरो लोकप्रियता बारे गलत जानकारी अमेरिका पुग्नुको कारण पनि रूस नै हो।’

युक्रेनमा राष्ट्रपति पदको कार्यकाल गत वर्ष मे महिनामै समाप्त भइसकेको थियो। तर, फेब्रुअरी २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि सैन्य शासन लागु भएको छ। यसको अर्थ राष्ट्रपति जेलेन्स्कीले चुनाव स्थगित गरेका थिए ।

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

१ दिन अगाडि
तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक