काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए ।
बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका-५ मुग्लिन-नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो ।
डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र ब्लूबुक भेटिएको छ ।
बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।