बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विधेयकलाई प्रयोगकर्ता मैत्री बनाउन माग गर्दै प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
विधेयकलाई  प्रयोगकर्ता मैत्री बनाउन माग गर्दै प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राष्ट्रिय सभामा सरकारद्वारा प्रस्तुत सामाजिक सञ्जाल विधेयकलाई मानव अधिकार तथा प्रयोगकर्ता मैत्री बनाउन आग्रहसहित सञ्चालित देशव्यापी अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजले २०८१ फागुन २ गते काठमाण्डौमा प्रदर्शन गरेको छ ।

दिउँसो १ बजेदेखि माइतिघर मण्डलामा ४५ मिनेट भएको प्रदर्शनमा सामाजिक सञ्जालमाथि कानूनी जञ्जाल बन्द गर, सामाजिक सञ्जाल विधेयकः सरोकारवालाहरुसँग परामर्श र सहमति पश्चात मात्र अघि बढाऊ, सामाजिक सञ्जालको प्रयोग मर्यादित हुनुपर्छ, कानून पनि मानव अधिकार मैत्री हुनुपर्छ, सुचना प्रविधि एवं सामाजिक सञ्जाल कानून प्रयोगकर्ता मैत्री बनाऊ, सामाजिक सञ्जाल नियमनको नाममा नियन्त्रणको नियत दुर्भाग्यपूर्ण, सामाजिक सञ्जाल कानूनलाई सहयोगात्मक बनाऊ, दण्डात्मक, निषेधात्मक, प्रतिबन्धात्मक र प्रतिशोधात्मक होइन सहयोगात्मक कानून बनाऊ, सामाजिक सञ्जाल विधेयकलाई मानव अधिकारमैत्री बनाऊ, प्रेस र अभिव्यक्ति स्वतन्त्रता संविधानको प्राण हो, प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने विधेयक फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका सभापति रेनुका पौडेल, नेपाल चिकित्सक संघका पूर्व सभापति डा. केदारनरसिंह के.सी, शान्ति समाजका सल्लाकारहरु रामकृष्ण बराल र रामप्रसाद जोशी, पूर्व सभापति होमकान्त चौलागाई, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, पूर्व कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गोतामे, मणिराम दाहाल, लतिलपुर शाखा सभापति मनबहादुर थापा, काठमाण्डौ शाखा उपसभापति विकास थापा, सदस्यहरु रेजिना राई, रिता अधिकारी, जानुका पन्त लगायत अधिकारकर्मीहरुकोे सहभागिता थियो ।

यसैगरी विधेयकलाई मानव अधिकारमैत्री बनाउन शान्ति समाजले शुरु गरेको अभियानको क्रममा शान्ति समाजका इलाम, रुपन्देही र तेह्रथुम शाखाले नागरिक संवाद कार्यक्रम गरेका छन् भने चितवन, म्याग्दी, दाङ, गोरखा, इलाम, झापा र तेह्रथुम शाखाले प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा सामाजिक सञ्जाल सम्बन्धी विधेयकका केही प्रावधान संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरित दुरुपयोग हुन सक्ने संभावना रहेकोले विज्ञ तथा सरोकारवालाहरुसँग व्यापक परामर्श गरि विधेयकलाई मौलिक हक÷मानव अधिकार र प्रयोगकर्ता मैत्री बनाउन आग्रह गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो तर घृणात्मक अभिव्यक्ति अपराध हो भन्ने धारणासहित मानव अधिकार तथा शान्ति समाज सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र घृणात्मक अभिव्यक्तिको विपक्षमा उभिएको स्मरण गराउँदै विधेयकको उद्देश्य र कारणमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानून निर्माण गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको छ जुन स्वभाविक छ तर विधेयकका कतिपय प्रावधान द्विअर्थी र क्लिष्ट हुनुका साथै विवादास्पद छन् । सुचना प्रविधि एवं सामाजिक सञ्जालको आवश्यकता, महत्व र उपयोगिता चुलिदै गएको विश्वव्यापी सन्दर्भमा सो को प्रयोगलाई आम नागरिकको पहुँचमा पुर्याउन र सहज तुल्याउन प्रोत्साहन हुने हिसाबले विधेयक परिमार्जन गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसैगरी शान्ति समाजको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग फागुन १ गते, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग माघ २९ गते मन्त्रालयमै भेटी उपरोक्त विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विकासको अधिकार सम्बन्धी ५ बुँदा र जलवायु न्याय सम्बन्धी १० बुँदा कार्यान्वयनका लागि आग्रह समेत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा

४ मिनेट अगाडि
दुई जना खेलाडी सम्मानित

दुई जना खेलाडी सम्मानित

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक