काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपाल सरकारले ल्याएको अध्यादेशको विषयमा अझै अनिर्णीत बनेको छ ।
अध्यादेशको बारेमा अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन समेत बुझाइसकेको छ । तर पार्टी अझैसम्म अनिर्णीत बनेको हो । वर्गीकृत विज्ञापन विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् अध्यादेशको बारेमा निर्णय लिन आइतबार बसेको संसदीय दलको बैठक समेत अनिर्णीत बन्न पुगेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले अध्यादेशलाई संसदको कार्यसूचीमा ल्याएपछि मात्र आफूहरूले निर्णय गर्ने जनाए । ‘अहिले नै अध्यादेशको बारेमा धारणा बनाउन आवश्यक छैन’, उनले भने, ‘कार्यदलले प्रतिवेदन बुझाएको छ । त्यसलाई अध्ययन गर्ने काम भइरहेको छ र सरकारले कार्यसूचीमा राखेपछि त्यसको बारेमा तत्कालै निर्णय गर्छौ ।’
सरकारमा जानका लागि बार्गेनिङ भइरहेको चर्चा छ नि भनेर सञ्चारकर्मीले सोधेको जिज्ञासामा उनले आफूहरूलाई सत्ता नचाहिएको जनाए।
जसपा नेपालले सत्ताका लागि बार्गेनिङ गरिरहेको भनेर भ्रम छर्ने काम भइरहेको उल्लेख गर्दै उनले सत्ताका लागि कसैसँग कुनै पनि किसिमको बार्गेनिङ नभएको दाबी गरे ।
जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले जसपा नेपालको बारेमा चलाइएको विभिन्न हल्लाको बारेमा पनि बैठकमा छलफल भएको जनाइन् ।
अध्यादेश जसपा नेपालका कारण होइन, सत्ताधारी दलकै कारण कार्यसूचीबाट हटेको दाबी गर्दै उनले अध्यादेशको बारेमा निर्णय लिन कुनै हतार नरहेको जनाइन् ।