लोकनारायण सुबेदी
आफ्नो दोश्रो कार्यकालको प्रारम्भसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायता र सहयोगमा महत्वपूर्ण परिवर्तन र कटौति गर्न शुरू गरेका छन्। उनले अमेरिकी विदेश सहायता कार्यक्रमहरूको पुनरावलोकन गर्दै, अनावश्यक र प्रभावहीन कार्यक्रमहरूको कटौती गर्ने निर्णय गरेका छन्। यस सम्वन्धमा गरिएका प्रमुख पहल निर्णयहरूको यहाँ सामान्य चर्चा गरिएको छ ।
पहिलो कदम ९०–दिने विदेशी सहायता स्थगन
राष्ट्रपति ट्रम्पले जनवरी २०२५ मा सबै विदेशी विकास सहायता कार्यक्रमहरूको ९०–दिने स्थगनको आदेश दिइसकेका छन्। यसको उद्देश्य सहायता कार्यक्रमहरूको प्रभावकारिता र अमेरिकी विदेश नीतिसँगको सुसंगतता मूल्याङ्कन गर्नु भनिएको छ । यस आदेशले नयाँ सहायता सम्झौताहरू र तिनको वितरणहरूमा पनि रोक लगाएको छ, जसले बिश्वब्यापीरुपमा विभिन्न सहायता कार्यक्रमहरूमा अनिश्चितताको सिर्जना गरेको र गर्दै जाने देखिएको छ ।
यूएसआईडीको सहायता कटौति र पुनर्गठन
ट्रम्पले अमेरिकी अन्तराष्ट्रिय बिकास एजेन्सी(ग्क्ब्क्ष्म्)को पुनर्गठन र सम्भावित समाप्तिको कदम पनि चालेको छ । यसमा ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीको पुनर्गठन वा समाप्तिको योजना बनाएको छ। यसले गर्दा यस अन्तरगतका विश्वभरका विकास र मानवीय सहायता कार्यक्रमहरूमा प्रत्यक्ष प्रभाव पार्ने ठूलो सम्भावना छ। विशेष गरी, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रका कार्यक्रमहरूमा अस्थिरता सिर्जना हुने देखिएको छ।
चीनको अन्तराष्ट्रिय प्रभावमा वृद्धि हुने
अमेरिकी सहायता कार्यक्रमहरूको कटौतीसँगै, चीनले विकासशील देशहरूमा आफ्नो प्रभाव बढाउने अवसर पाएको अमेरिकी बिश्लेषक र बिशेषज्ञहरुको आकलन छ । उनीहरूका अनुसार, यसले अमेरिकी प्रभावको स्थानमा चीनको प्रभावलाई बढावा दिएको छ, जसले दीर्घकालीन रणनीतिक चासोहरूमा पनि ठूलो असर पुर्याउन सक्छ भन्ने निष्कर्श निकालेका छन् ।
आपतकालीन सहायता र जीवन–रक्षक कार्यक्रमहरूको अपवाद
यद्यपि ट्रम्प प्रशासनले आपतकालीन खाद्य सहायता र जीवन–रक्षक सेवाहरूलाई भने यो कटौती कदमको दायरा बाहिर राखेको छ। यसले तत्काल आवश्यकतामा रहेका समुदायहरूलाई केही राहत दिने देखिएको छ, तर दीर्घकालीन विकास र स्थायित्वका कार्यक्रमहरूमा असर पर्ने पनि आककलन गरिदैछ ।
. यूएसएआईडीका प्रमुख कर्मचारीहरूको बर्खास्तगीः
यस सहायता कटौतिका कदमहरुको क्रममा ट्रम्प प्रशासनले यूएसएआईडीका का प्रमुख कर्मचारीहरूलाई पनि बर्खास्त गरेको छ, जसले संस्थाको सञ्चालनमा ठूलो अस्थिरता ल्याएको र अन्यौल सिर्जना गरेक उल्लेख गरिदै छ। फलतः यसले विकासशील देशहरूमा यस सहयोग अन्तरगत चलिरहेका परियोजनाहरूमा अवरोध सिर्जना गरेको र थप गर्ने बताइन्छ।
अमेरिकाका मित्रराष्टहरूमा असन्तोषको लहर
ट्रम्प प्रशासनको यी नीतिहरूले अमेरिकी मित्र राष्ट्रहरूसँगको सम्वन्धका बीचमा पनि असन्तोष र असमझदारी सिर्जना गरेको छ। यसले अन्तर्राष्ट्रिय सम्बन्धहरूमा तनाव ल्याएको छ र संयुक्त प्रयासहरूमा पनि निकै असर गरेको छ। खशगरी यूरोपेली यूनियन, भारत, अष्ट्रेलिया, जापान लगायतका देशहरुमा यसको असर परेको छ ।
विकासशील देशहरूमा थप मानवीय संकट
यसरी अमेरिकी सहायता कार्यक्रमहरूको एकाएक ठूलो कटौतीसँगै, विकासशील देशहरूमा मानवीय संकटको सम्भावना बढेको छ। विशेष गरी, स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षा जस्ता क्षेत्रहरूमा चुनौतीहरू थपिएका छन् । यसले पनि मानबीय संकट ल्याउने देखिएको छ ।
अमेरिकामा बढेदो आन्तरिक आलोचनाः
यस प्रकार ट्रम्प प्रशासनको विदेशी सहायता नीतिहरूमा आएको परिबर्तनले अमेरिकामा आन्तरिक आलोचना पनि निम्त्याएको छ। त्यहाँका विशेषज्ञहरू र नीति निर्माताहरूले यस प्रकारका कदमहरुलाई अमेरिकी मुलुकहरूको दीर्घकालीन हितसँग असंगत ठानेका छन ।
नेपालमा यस रकम कटोतिको प्रभाव र परिणाम
डोनाल्ड ट्रम्पका यस प्रकारका सन्दर्भमा यूएसएआईडी मार्फत नेपालमा पाँच बर्षका लागि –यो २०२५ सम्म) आउने भनेको ६५९ मिलियन डलर (करीब रू ८० अर्ब ) रुपयाँको सहायत बन्द हुने देखिन्छ । यो रकम मध्ये ८० मिलियन डलर गैरसरकारी संस्था, बिदेशी गैरसरकारी संस्था मार्फत खर्च गरिने थियो भनिन्छ भने ६५९ मिलियन डलर मध्ये ६०% कसरी खर्च हुने थियो भन्ने अथाह रहेको छ ।
भनिन्छ यो रकम ३०० नेपाली र बिदेशी गैरसरकारी संस्था मार्फत खर्च हुँदै थियो। यी सस्थाहरू मध्ये अधिकांश कतिपय राजनीतिक दलका मानिसहरु रहेको पनि अनुमान गर्ने गरिएको पाइन्छ । यसै रकम मध्येको ५ लाख डलर भने नेपालमा धर्ममाथिको बिश्वास समाप्त गर्ने बिषयसँग सम्बन्धित रहेको बताइन्छ ।ट्रम्प प्रशासन भनेको पनि छ कि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको यो सहयोगको ठूलो रकममा भ्रष्टाचार हुन्थ्यो। यो रकम झूठो अफवाह फैलाउन कतिपय चुनिएका सञ्चार माध्यमका मालिक पत्रकारलाई पनि बांडिन्थ्यो भन्ने सन्देह पनि हुँदै आएको पनि हो ।ँ
अमेरीकाले नेपालमा आफ्नो रणनीति अनुसार कार्य गर्ने नै भयो । तर देश र जनताका हित बिरुद्ध राजनीतिकर्मी सञ्चारकर्मीहरुलाई यो सहायता रकमको एक हिस्सा अबैध किसिमले दुरुपयोगरेर भ्रष्ट बनाउने र नेपालको हित बिरुद्ध जाने काम पनि हुन्थ्यो भन्ने सन्देह समेत यतिबेला गर्न थालिएको छ । त्यसैले यस्तो देश र जनताको हित बिरुद्ध दुरुपयोग हुने रकम कटौति हुनु नै राम्रो हो भन्ने प्रतिकृया पनि देखिन थालेको छ ।
ट्रम्पका यस्ता कदमहरुको सकग्र बिश्वब्यापी परिणाम ?
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा विदेशी सहायता र सहयोगमा गरिएको यो सहायता रकम कटौती र परिवर्तनहरूले विश्वभरका विकासशील देशहरूमा महत्वपूर्ण असर पारेको छ र अझ पर्ने छ । यसले अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रभावमा पनि असर गरेको छ। यद्यपि, यसका दीर्घकालीन परिणामहरूको यो प्रारम्भिक मूल्याङ्कन मात्र हो । यसको यथार्थ परिणाको अकलन गर्न अफै थप समय र अनुसन्धान आवश्यक छ र यो प्रतिक्षाको बिषय नै छ ।