काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१९ भैयापुरस्थित राझा देखि आलानगर जाने सडक नजिकैको पेटीमा मुगु खत्याड गाउँपालिका-११ बस्ने २८ वर्षीय बिक्रम शाही बुधबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभा, चिचिला गाउँपालिका-१ डाँडा गाउँ बस्ने ३७ वर्षीय तेज बहादुर गुरूङ सोही ठाउँस्थित सडक छेउमा गए राति मृत अवस्थामा फेला परेका छन् । सुनसरी, बर्जु गाउँपालिका-४ हस्नपुरस्थित बेलाहाबाट साहेबगंज जाने सडक छेउमा सोही ठाउँ बस्ने २८ वर्षीय रूपेश कुमार चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, गोदावरी नगरपालिका-८ श्रीपुरस्थित परालको कुनिउ मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।