आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

अमेरिका र चीनबीच प्रतिस्पर्धाको चेपुवामा साना मुलुकहरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वमा अहिले शक्तिराष्ट्रहरुको बलमिच्याइँ तीव्र देखिएको छ । त्यसको मारमा भने साना मुलुकहरु परेका छन् । चाहे त्यो रुस–युक्रेन युद्ध होस् वा इजरायल र हमास युद्ध या अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएका नयाँ करनीतिहरु वा चीनका रणनीतिहरु । यी सबैको चेपुवामा साना मुलुकहरु देखिएका हुन् । ट्रम्प राष्ट्रपतिमा आसीन भएयता क्यानडा, मेक्सिनी, ग्रीनल्यान्ड, पनामा नहर, चीन लगायतको विषयमा नयाँ नयाँ कर नीति लागूको घोषणा र अभिव्यक्ति दिँदै आएका छन् । यता चीनले पनि त्यसको विरुद्धमा अमेरिकी सानामा नयाँ करको घोषणा गर्न थालेको छ । दुई शक्तिशाली देशहरुको अघोषित व्यापार युद्धले साना मुलुकहरुमा असर पर्ने चिन्ता बढेको छ ।

क्यानडालाई लगातार होच्याउने काम गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन् । ट्रम्पको हेपाहा व्यवहार र पछिल्लो अमेरिकी कदमसँगै क्यानडामा अमेरिका विरोधी राष्ट्रवादी लहरको उभार आएको फाइनान्सियल टाइम्सले जनाएको छ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य भन्दै होच्याउदै आएका छन् । ट्रम्पले क्यानाडाबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल थप्ने शुल्क घोषणा गरेका थिए । त्यसको जबाफ दिंदै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकाबाट आउने सामानमा २५ प्रतिशत सम्म भन्सार महसुल लगाउने घोषणा गरेका छन् ।

पानामा नहरलाई लिएर ट्रम्पको दबाबको बीचमा, पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले आफ्नो देशले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड (बीआरआई) को नवीकरण नगर्ने बताएका छन् । सन् २०१७ मा चीनको यो योजनासँग पनामा जोडिएको थियो । तर अब पनामाका राष्ट्रपतिको यो घोषणापछि पनामा चाँडै चीनको यो योजनाबाट बाहिरिने पक्का भएको छ । राष्ट्रपति मुलिनोले अब पनामाले पूर्वाधार परियोजनालगायत नयाँ लगानीमा अमेरिकासँग मिलेर काम गर्ने बताएका छन् । राष्ट्रपतिले आफ्नो सरकारले पानामा पोट्र्स कम्पनीको लेखापरीक्षण गर्ने बताएका हुन् । यो कम्पनी पानामा नहरका दुईवटा बन्दरगाह सञ्चालन गर्ने चिनियाँ कम्पनीसँग सम्बन्धित छ ।

अमेरिकाले चीनबाट आयात गरिने सामानहरूमा लगाएको थप शुल्कविरुद्ध बेइजिङ्गले जबाफी कदम चालेको छ । अमेरिकाबाट चीन आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउनेसहितका कदम रहेका छन् । चिनियाँ घोषणाअनुसार अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक र ठूला इन्जिन भएका कारमा चीनले १० प्रतिशत शुल्क लगाउने छ । चीनबाट अमेरिका आयात गरिने सामानमा नयाँ १० प्रतिशत शुल्क लगाउने डोनल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको केही घण्टापछि चीनले जबाफी कदम चालेको हो । यी दुवै देशले अन्य साना देशलाई आफ्नो प्रभावमा पार्ने प्रयास झनै बढ्ने छ । त्यसले विश्वलाई दुई ध्रुवमा विभाजन गर्ने र भौगोलिक तनाव बढ्ने निश्चित देखिएको छ । यसले सबल र दुर्बल जस्तोसुकै अर्थतन्त्र भएका मुलुकलाई पनि आर्थिक दबाब बढ्ने निश्चित छ । जनधारणा साप्ताहिक

 

 

यो पनि पढ्नुहोस्

रविविरुद्धको सहकारी ठगी प्रकरणमा अर्को मिति  ताेक्याे

रास्वपाका सभापति भारत भ्रमणमा जाने

६ मिनेट अगाडि
भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक