सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-जानकी पाण्डे

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले सक्रिय राजनीतिमा फर्किने प्रयासमा छिन् । यसका लागि उनले विभिन्न जिल्लामा एमाले निकट नेता कार्यकर्तासँग भेटघाटलाई तीव्रता दिएकी छन् । हालै मात्र एक साता लामो कोशी प्रदेश भ्रमण सकेर काठमाडौं फर्केकी छन् । त्यहाँ उनले एमालेका विभिन्न नेता तथा कार्यकर्ता औपचारिक अनौपचारिक रुपमा भेटघाट गरेकी छन् । राष्ट्रपति जस्तो पदमा पुगेर पुनः सक्रिय राजनीतिमा आउन लागेकोमा अहिले भण्डारीको चर्चापरिचर्चा छ । केहीले उनको कदमलाई आलोचना गरेका छन् भने केहीले यसलाई स्वाभाविक मान्नुपर्ने तर्क गरेका छन् । विश्वका धेरै देशमा राष्ट्रपति भएका नेताहरु पुनः सक्रिय राजनीतिमा फर्किएका उदाहरण थुप्रै छन् । त्यसैले उनको पुनरागमनको प्रयासका लागि अन्यथा लिन मिल्दैन । अर्कोतर्फ नेपालको कानुनले पनि राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनलाई बन्देज लगाएको छैन । भण्डारीको राजनीतिक योगदान लामो छ । कम्युनिस्ट सर्वोच्च नेता मदन भण्डारीकी पत्नी विद्यादेवी २०५४ को माघमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को छैटौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसयता लगातार उनले एमालेको नीतिनिर्माणको तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिन् । २०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा पुनः निर्वाचित हुँदै उनी २०६५ सालमा आयोजित आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनिन् । उनको लोकप्रियता, क्रियाशीलता र निष्ठाकै कारण २०७१ सालमा आयोजित नवौँ राष्ट्रिय महाधिवेशनमा उनी पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित भइन् ।

संसदीय निर्वाचनमा पनि उनको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । संसदीय निर्वाचनमा उनको सहभागिता पति मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको २०५० सालको उपनिर्वाचनसँगै सुरु भयो । सो उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट उनी प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित भइन् । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन समेत गरी उनी काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी भइन् । २०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्रीका रूपमा उनले भूमिका निर्वाह गरेकी थिइन् ।

महिला अधिकारका लागि निरन्तर संघर्षरत उनी २०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भइन् । त्यसयता लगातार तीन पटकसम्म उक्त संगठनको अध्यक्ष निर्वाचित भै उनले लैङ्गिक समानताका लागि अथक प्रयत्न गरिरहिन् । संसद सदस्यका हैसियतले संसदभित्र महिला हकअधिकार र समानताका लागि आवाज उठाउने, लैंगिक समानता, समान ज्याला, महिला शिक्षा र घरेलु हिंसाको उन्मूलनका लागि संसद र सडकबाट विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गर्ने काम उनले गरेकी छन् । २०६२÷६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभामा प्रस्तुत गरिएको राज्यका हरेक अङ्गमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नु पर्ने विशेष प्रस्तावको प्रस्तावक उनी नै थिइन् । संसदले उक्त प्रस्तावलाई सर्वसम्मत ढंगले पारित गर्दै सरकारलाई यसको कार्यान्वयनका लागि विशेष निर्देशन दिएको थियो ।

सोही प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उनको अहम् भूमिका थियो । २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानले महिलाको हक र अधिकारका विषयमा महत्वपूर्ण व्यवस्था गरेको छ र राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको सहभागिता सुनिश्चित गरेको छ । यस व्यवस्थासँगै नेपाली महिलाहरूले युगान्तकारी संवैधानिक–कानूनी उपलब्धि हासिल गरेका हुन् र महिला सहभागिताका दृष्टिले नेपाल विश्वमा उदाहरणीय बन्नपुगेको छ । नेपाली महिलाहरूले प्राप्त गरेको यस सफलतामा वर्तमान राष्ट्रपतिको उल्लेखनीय योगदान रहेको यथार्थ नेपाली समाजमा स्थापित छ । विद्यादेवीले २०६६ सालमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालिन् । चुनौतीपूर्ण र संवेदनशील रक्षा मन्त्रालयको पदभार सम्हाल्ने उनी नेपालकै पहिलो महिला हुन् ।

रक्षा मन्त्रीका हैसियतले त्यस अवधिमा उनले नेपाली सेनामा पूर्व माओवादी लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्ने जस्ता महत्वपूर्ण दायित्व कुशलतापूर्वक सम्पादन गरिन् । संविधानसभा सदस्य र संविधानसँग सम्बन्धित जटिल विवादहरूलाई निष्कर्षमा पु¥याउने महत्वपूर्ण वार्तामा सक्रिय सहभागीका हैसियतले नेपालको संविधानको निर्माणमा महत्वपूर्ण भूमिका उनले निर्वाह गरेकी छन् । त्यसपछि दुई पटक राष्ट्रपति विद्यादेवीले नागरिकतासम्बन्धी विधेयक रोकेको विषय पनि चर्चायोग्य छ । नेपालमा केही वर्षको अन्तरालमा नागरिकतासम्बन्धी विषयमा कानुन निर्माण वा संशोधन हुने गरेको छ । यसले वास्तविक नेपालीले नागरिकता पाउन नै कठिन पर्ने र छिमेकी मुलुकका सीमा क्षेत्रमा बस्नेले नेपालको पनि नागरिकता लिने समस्या छ । त्यसकारण यी विषयमा राम्ररी निरुपण नगरी नागरिकता विधेयक ल्याउनुहुन्न भन्ने अडान उनले लिएकी थिइन् । त्यसैले आफ्नो अडानलाई निर्धक्क प्रस्तुत गर्नसक्ने विद्यादेवीलाई यदि जनताले नै अनुमोदन गरी राजनीतिमा फर्कने अवसर दिन्छन् भने त्यसमा अरुले आपत्ति जनाउनु उपयुक्त हुने देखिँदैन ।

 

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक