शुक्र, मंसिर ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मोदीलाई अमेरिका भ्रमण गर्न ट्रम्पकाे निम्तो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मोदीलाई अमेरिका भ्रमण गर्न ट्रम्पकाे निम्तो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्‍पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निम्तो दिएका छन्।

रोयटर्सका अनुसार ट्रम्पले अर्को साता मोदीलाई भ्रमणमा आउनका लागि निम्तो दिएका हुन्।

ट्रम्पले मोदीसँग जनवरी २७ तारिखमा टेलिफोनमा कुराकानी गरेका थिए।

दुई जनाबीच आप्रवासी र भारतले अमेरिकामा बनेका सुरक्षाका सामान खरिद गर्ने विषयमा कुराकानी भएको रोयटर्सले लेखेको छ।

सोमबार अमेरिकाको सैन्य जहाजमा २०५ जना अवैध आप्रवासी भारतीय नागरिकलाई लिएर भारतका लागि उडेको इन्डिया टुडेले जनाएको छ। उक्त जहाज पन्जाबको अमृतसरमा अवतरण गर्ने जनाएको छ।

ट्रम्पलाई खुशी पार्न मोदीले करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिनेबारे तयारी गरेका थिए।

ीबहmष् दबलप
पहिलो कार्यकालमा पनि मोदी र ट्रम्पको राम्रो सम्बन्ध थियो।

ट्रम्पले सन‍् २०२० मा भारत भ्रमण गरेका बेला मोदीले आफ्नो गृहराज्य गुजरातको राजधानी अहमदाबादमा उनकै नाममा बनाएको विशाल क्रिकेट स्टेडियमको उद्घाटन गराएर एक लाख जनतामाझ स्वागत गरेका थिए।

ल्अज
िल्अभिि
बाइडेनको पालामा पनि भारत(अमेरिका सम्बन्ध सुधार हुँदै गएको थियो। तर बाइडेनको कार्यकालको अन्त्त्यतिर अमेरिकामा भारतीय उद्योगपति गौतम अदानी र एक रअ एजेन्टविरूद्ध मुद्दा चलेपछि सम्बन्ध केही असहज भएको थियो।

गत नोभेम्बरमा मोदी(निकट अदानीले घुस खुवाएर ठेक्का जिती अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको थियो। त्यसको एक महिना अघि भारतीय गुप्तचर संस्था ुरअु का पूर्वअधिकारीले आफ्ना नागरिकको हत्या प्रयास गरेको आरोप लगाउँदै अर्को मुद्दा चलाएको थियो।

ट्रम्पलाई गैर(न्यायिक हत्या, विधिको शासन, लोकतन्त्र, मानव अधिकार जस्ता विषयमा खासै चासो नभएकाले उनको सरकारले यी मुद्दालाई बाइडेन सरकारले जसरी अघि नबढाउने मोदीको आशा छ। तर भारतसँगको बढ्दो व्यापार घाटाका कारण उनी रिसाएर सम्बन्ध बिग्रेला भनेर मोदी सचेत देखिन्छन्।

त्यसैका लागि अमेरिकामा रहेका करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन पनि उनी तयार भएको देखिन्छन्।

अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले वैध तरिकाबाट अझ धैरै भारतीयलाई विद्यार्थी र उच्च दक्षता भएका कामदारको भिसा दिन भारतको विश्वास छ।

अहिले नै उच्च दक्षता भएका कामदारलाई दिइने एच(१बी भिसा पाउनेमा सबैभन्दा धेरै भारतीय नागरिक पर्छन्। सन् २०२३ अमेरिकाले तीन लाख ८६ हजार विदेशीलाई एच(१बी भिसा दिएकोमा झण्डै ७५ प्रतिशत भारतीय थिए। अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले अझ धेरै भारतीयलाई एच(१बी भिसा देला भन्ने भारतको आशा छ।

यो पनि पढ्नुहोस्

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

३ दिन अगाडि
सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक