शुक्र, मंसिर ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नारदेश्वर महादेव र इकुहिटि फल्चाकाे पुननिर्माण कार्य सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन पर्ने बसन्त पञ्चमी वा श्री पञ्चमीका नामले चिनिने सरस्वती पूजाकाे अवसरमा ललितपुर महानगरपालिका वडा नं. ४ काे आयाेजनामा धाेबीघाट हिरण्यपिठ अवस्थित सरस्वती मन्दिरकाे पुजा अर्चनाका साथै नारदेश्वर महादेव मन्दिर र इकुहिटि फल्चाकाे माैलिक स्वरुप झल्किने पुननिर्माण कार्यकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ।

हरेक वर्ष वि.सं अनुसार माघ शुक्ल पञ्चमी तथा ने.सं अनुसार सिल्लाथ्व पञ्चमी तिथिलाई श्री पञ्चमीको रुपमा लिने गरिन्छ। जनविश्वास अनुसार यसै तिथिबाट चिसो र टुसारो कम हुँदै जाने र बोटबिरुवामा नयाँ पलुवा लाग्न थाली वसन्त सुरु हुने भएकोले यस तिथिलाई वसन्त पञ्चमीको नामले पनि चिनिन्छ।

आज सरस्वती पूजा । अर्थात्, श्री पञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ । आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । वसन्त पञ्चमीको दिनलाई अति नै शुभ दिन मानिन्छ र यस दिन कुनै पनि शुभकार्य गर्न मुहुर्त तथा साइत हेर्न नपर्ने मान्यता रहेको छ। यस दिन हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गर्दछन भने महायान तथा बज्रयान वौद्ध धर्मावलम्बीहरुले गुरु मञ्जुश्रीको पूजा गर्ने गर्दछन्। आजको दिन विशेष गरि हिन्दु धर्मावलम्बीले श्री सरस्वती देवीको पूजा गर्ने गर्दछन्। सरस्वती देवीलाई चतुर्भुजा भएको, पुस्तक, वीणा, तथा माला समाइरहेकी रुपमा चित्रण गरिएको तथा मुर्तिमा कुँदिएको पाइन्छ। यसै दिनबाट आफ्ना स-साना नानीबाबुहरुलाई मन्दिर अगाडि अक्षराम्भ गराउने गर्दछन्। यस दिन सरस्वती मन्दिर गइ पूजा आराधना गरेमा, विद्या, सीप, कला- कौशल, लेखन आदिको ज्ञान प्राप्त हुने जनविश्वास गरिन्छ ।
आजकाे दिन नेपालभरिकाे सरस्वती माताकाे मन्दिरहरुमा विशेष पुजा लाग्ने गर्दछ । यसै क्रममा आजकाे दिन ललितपुर महानगरपालिका वडा नं. ४ धाेबीघाट क्षेत्रमा भएकाे सरस्वति मन्दिरमा विशेष पुजा हुने गर्दछ ।
यहाँ भएकाे सरस्वति मन्दिर तथा यस क्षेत्रकाे वर्णण श्री स्वस्थानी व्त कथाकाे दशमाे अध्यायमा पाइन्छ । उक्त कथाकाे दशमाे अध्यायमा उल्लेखित वर्णनहरु यस किसिमका रहेका छन् । “फेरी हिरण्यपुरमा पुगेर सुतस्थान पतन भयाे । हिरण्यपिठ, नवरत्नेश्वरी देवी, त्रिपुरेन्द्रा याेगिनि, नारदेश्वर महादेव उत्पन्न भए, शिवशक्ती स्वरुपले रहे । त्यस पुन्यभुमीमा सरस्वती आएर अनेक स्तुति र तपस्या गरिन् । इश्वरी प्रशन्न भइ वरदान माग भनिन् । सरस्वतीले सम्पुर्ण जिवात्माकाे बाेलीमा मेराे निवास हाेस् भनी मागिन । इश्वरीले तथास्तु भनी वरदान दिइन ।“
यसै व्रत कथाकाे आधारमा यहाँका मुर्ति तथा वरपरका फल्चा निर्माण भएतापनि समयक्रमसँगै आधुनिक डिजाइनमा ढल्केकाे हुँदा हाल ललितपुर महानगरपालिका वडा नं. ४ द्वारा महानगर बजेट र वडा बजेट बाट फेरी पुरानाे माैलिक स्वरुपमा उक्त संरचनाहरु बनाइए्काे छ । ललितपुर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री सन्ताेष खडकाज्यूकाे अथक प्रयास र महानगर प्रमुख श्री चिरीबाबु महर्जनज्यूकाे विशेष सहयाेगमा करिब १ वर्षकाे समयमा नारदेश्वर मन्दिर र इकुहिटि फल्चाकाे माैलिक स्वरुप पुननिर्माण कार्य सम्पन्न भए्काे छ ।
आज बसन्त पञ्चमी्काे अवसरमा नगर प्रमुख श्री चिरीबाबु महर्जनज्यूकाे प्रमुख आतिथ्यतामा वडा नं. ४ का स्थानियवासी, जनप्रतिनिधि, विभिन्न टाेल सुधार समितिका पदाधिकारी, नगर प्रहरी, प्रहरी लगायत विभिन्न पदाधिकारीहरुका माझ श्री चिरीबाबु महर्जनज्यू द्वारा ताम्रपत्र समुद्घाटन गरी दुबै माैलिक संरचनाकाे आधिकारीक कार्य सम्पन्नता पुरा गर्नुभयाे ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

१६ घण्टा अगाडि
प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक