काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।
शुक्रबार भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन । पूजाले ४ खेलमा ९ विकेट लिइन् ।
अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् ।


