बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले ल्याएका अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारले ल्याएका अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले) ले सरकारले ल्याएका अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बुधबार एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको हो।

अधिवक्ताहरू केदार कोइराला र राजेन्द्र घिमिरेले सांसदहरूलाई प्रशिक्षण दिएका हुन्। उनीहरूले कानुनी सुधारका लागि कामसमेत गरेका थिए।

सरकारले अध्यादेश ल्याएर शासन गर्न खोजेको भन्दै प्रतिपक्षी दलहरूले विरोध गर्दै आएका छन्।

नेपाली कांग्रेसभित्र पनि अध्यादेशको बाटोबाट सरकारले शासन गर्न खोजेकोमा विरोधको स्वर सुनिएको छ। नेता शेखर कोइरालाले बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यादेशको विरोध गरेका छन्।

यस्तै सांसद अर्जुननरसिंह केसीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा अध्यादेशबाट शासन गर्नु वैधानिक भए पनि लोकतान्त्रिक मान्न नसकिने धारणा राखेका थिए।

सरकारले गत साता ५ वटा अध्यादेश ल्याएको थियो।

सुशासन प्रवर्द्धनसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसँग सम्बन्धित, निजीकरण, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसँग सम्बन्धित र भूमिसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेका थिए।

संसदको आगामी पुस १८ गतेबाट सुरू हुने हिउँदे अधिवेशनमा अध्यादेशबारे विरोध हुन सक्ने देखेर एमालेले सांसदहरूलाई प्रतिरक्षाका लागि तयारी गर्न लागेको हो।

एमालेका सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिमा अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको उदाहरण दिँदै अध्यादेश ल्याउनु संवैधानिक भएको जिकिर गरिसकेका छन्।

‘एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएको हो र’ भन्दै प्रतिपक्षी दललाई नै निशाना साँध्ने तयारी गरेको छ। भट्टराईले विगतमा आएको अध्यादेशका कारण एमाले पार्टि सभैभन्दा बढी पीडित रहेको भन्दै अहिलेको अध्यादेशको स्वागत भएको उल्लेख गरेका थिए।

यो पनि पढ्नुहोस्

डीडीसी दुधका परिकार वितरण

डीडीसी दुधका परिकार वितरण

१९ घण्टा अगाडि
सरकारले विपद्मा काम गर्न नसकेको आरोप लगाउनु अनुचित

सरकारको काम कारबाही प्रति असन्तुष्टि

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक