मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महान र अमर छन् लेनिन अनि अजेय छ माक्र्सबाद !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

आज २१ जनवरी महान लेनिनको १०० बर्ष पुगेको स्मृति दिवसको दिन हो । ती क्रान्तिकारी नेता जसले माक्र्स र एंगेल्सले आरम्भ गरेको बैज्ञानिक समाजवादको सिद्धान्तलाई रचनात्मक ढंगले बिकास गरे । यथार्थतः बिश्वमा पहिलो समाजबादी सोभियत संघको रुपरेखा कोर्ने रचनात्मक ब्यक्तित्व लेनिन नै थिए । जब हामी लेनिनका जीवन र कार्यको सम्झना र बिवेचना गर्ने गर्दछौं त्यतिबेला हामी पहिलो समाजवादी क्रान्तिको नेतृत्व गर्ने ती बिश्व सर्बहारा बर्गका महान ब्यक्तित्वलाई केवल श्रद्धा मात्रै ब्यक्त गरिरहेका हुँदैनौ उनले माक्र्सवादको बिकासमा पु¥याएको गहनतम अहं योगदानको पनि स्मरण गरिरहेका हुन्छौं । वास्तवमा माक्र्स र एंगेल्स पछि अरु कुनै ब्यक्तिले लेनिनले जति बिश्वमा माक्र्सवादको बिकास गर्नमा योगदान दिएका छैनन् । लेनिनका सम्पूर्ण सैद्धान्तिक कृतिहरु सर्बहारा क्रान्ति सम्पन्न गर्न, त्यस बर्गलाई क्रान्तिकारी हतियारले कसरी सुसज्जित तुल्याउने र बैज्ञानिक समाजवादको बिकास गर्ने हो भन्ने महत्वपूर्ण कुराको गहन खोजीमा समर्पित थिए,छन् ।

लेनिनले २०औं शताब्दीमा साम्राज्यवादको बिश्लेषण गर्ने अत्यन्तै महत्वपूर्ण र गहनतम कदम चालेर कसरी एकाधिकार पूँजीवादले साम्राज्यवादको चरणमा बिकास गर्दछ र पूँजीवाद जनबिरोधी पत्तनको दिशामा अग्रसर हुँन्छ भन्ने कुरा दर्शाउँदै साम्राज्यवाद पूँजीवादको चरम अवस्था भन्ने कुरा औल्याए । लेनिनले यसरी रचनात्मक किसिमले माक्र्सले गरेको पूँजीवादी प्रणालीको बिश्लेषणलाई बिकसित गर्दै उदाउँदो उत्पादनको पूँजीवादी प्रणाली कसरी साम्राज्यवादमा बिकसित हुन्छ भन्ने कुरा प्रष्ट पारे । आजको समकालीन बिश्वको साम्राज्यवाद र बिश्व पूँजीवादको कुनै पनि बिश्लेषण गर्नका लागि कुनै पनि माक्र्सबादीले लेनिनको त्यही सिद्धान्तलाई अनुसरण गर्नुपर्ने र त्यसैबाट शुरु गर्नु पर्ने हुन्छ । बस्तुतः लेनिनको यो बिश्लेषण पद्धति बिना आजको बित्तीय साम्राज्यावादी पूँजी र त्यस पूँजीद्वारा निर्देशित र सञ्चालित भूमण्डलिकरणलाई बुझन असंभव छ । जुन भूमण्डलीकरणलाई त्यही बित्तीय पूँजीले कोरल्दै आएको छ ।

बास्तबमा लेनिनको त्यही बिश्लेषणले उनलाई यस निष्कर्शमा पु¥यायो कि बिश्वमा साम्रज्यवाद यसको सबैभन्दा कमजोर कडीमा टुट्दछ । त्यही सबैभन्दा कमजोर कडिको सम्वन्धले रुसमा समाजवादी क्रान्तिको रणनीति र कार्यनीति तयार पार्न मद्दत पु¥यायो अनि त्यसैले गर्दा नै मजदुर किसान एकताले ठूलो भूमिका खेल्यो । लेनिनको यत्तिकै महत्वको अर्को समान कुरा भने राष्ट्रिय र औपनिवेशिक प्रश्नको हल गर्नमा लेनिनले अघि सारेको बिश्व क्रान्तिको रणनीति र कार्यनीति हो । लेनिनले बिकास गरेको यो सिद्धान्त त्यसबेलाका प्रसिद्ध यूरोपेली माक्र्सवादीहरुको धारणभन्दा फरक थियो । लेनिनले यो एकदमै प्रष्ट पारेका थिए कि कसरी बिश्वका औपनिवेशिक देशका राष्ट्रिय मुक्ति आन्दोलनहरु साम्राज्यवाद बिरोधी आन्दोलनका अभिन्न अंग हुन् र ती शक्तिहरु बिश्व समाजवादी आन्दोलनका अभिन्न मित्रहरु हुन् । बिशौ शताब्दीका उपनिवशेवाद तथा साम्राज्यवाद बिरोधी बिश्वका बिजयी राष्ट्रिय आन्दोलनहरु तथा चीन, भियतनाम,कोरिया र क्यूबाका क्रान्तिहरु आधारभूतरुपमा लेनिनकै रणनीति अनरुप सफल भएका आन्दोलनहरु थिए, हुन् । अर्को महत्वपूर्ण लेनिनको योगदान हो राज्य र बर्गको चरित्रको बिश्लेषण, जुन बिश्लेषण बिश्वभरीका कम्युनिष्टहरुका लागि शोषक शासक बर्ग र पूँजीवादी शोषणका बिरुद्ध लड्ने एउटा आधारभूत र महत्वपूर्ण आधार बन्यो । बर्ग संघर्ष भनेको केवल एउटा आर्थिक संघर्ष मात्रै होइन यसको सार्थकता त्यतिबेला मात्रै प्राप्त हुन्छ जब यसले शोषक बर्गको राजनीतिक,आर्थिक,सामाजिक तथा साँस्कृतिक सत्तालाई नै चुनौति दिन्छ त्यसलाई समग्रमा पल्टाएर श्रमिक बर्गको राज्यसत्ता कायम गर्दछ ।

लेनिन उनले प्रतिपादन गरेको संगठनात्मक क्रान्तिकारी सिद्धान्तको लागि पनि सधै नै स्मरणीय छन् । नयाँ किसिमको पार्टी जुन पार्टी मजदुर बर्गका साथै अन्य कामदार बर्गलाई नेतृत्व गर्न सबै किसिमले सुसज्जित पार्टी हुन्छ, त्यस्तो पार्टी निर्माण गर्न लेनिनले प्रस्तुत गरेको संगठनात्मक सिद्धान्त उल्लेखनीय छ । आन्तरिक पार्टी जनवादमा आधारित जनवादी केन्दियता, कडा अनुशासन र आत्म आलोचना तथा आलोचनाको सिद्धान्तले मजदुर बर्गलाई सामाजिक जनवादी र पूँजीवादी बबुर्जुआहरुको भन्ना भिन्नै आफ्नै किसिमको बैज्ञानिक संगठनात्मक आधार प्रदान ग¥यो । फलतः कुनै पनि क्रान्तिकारी पार्टीले क्रान्तिको नेतृत्व गरेको छ या गर्नु छ त्यसलाई आन्दोलन अघि बढाउन र बिकसित तुल्याउन लेनिनको यो संगठनात्मक सिद्धान्त अपरिहार्य छ । यद्यपि लेनिनको यो सिद्धान्तले गैर कम्युनिष्ट र बाम खेमाभित्रैबाट पनि ठूलो आलोचना भयो । तर लेनिन पूँजीवादी शोषणकारी राज्यसत्तासँग लड्ने सर्बहारा बर्गको एउटै मात्र अचूक हतियार छ त्यो हो – संगठनात्मक हतियार भनेर यो सिद्धान्तमा अडिग रहे ।

लेनिन १९१७ को महान अक्टोबर समाजवादी क्रान्ति पछि सोभियत समाजको नेता भएर केवल ६ बर्षम्म मात्र बाँचे । त्यसबेला उनले पुरानो समाजका गतल कुराहरु अन्त्य गरी नयाँ समाज पैदा गर्न अत्यन्तै जटील र महत्वपूर्ण कार्य सम्पन्न गर्न संघर्ष गर्नुप¥यो । ती ६ बर्षमध्ये ४ बर्ष त उनले तीब्र गृह युद्ध लड्नु परेको र त्यसमा बिजयी बनेर अघि बढ्नु थियो । युद्धको बेलाको कम्युनिज्मदेखि नयाँ आर्थिक नीति निर्माणसम्म, लेनिन निरन्तर सामाजबाद निर्माण गर्ने एउटै धेयमा ध्याउन्न र तल्लिन भएर लागे । त्यसको निमित्त धेरै नीतिहरु बनाएर मिलाए । उनलाई समाजवादको बाटो लामो र कठिन छ भन्ने कुरा राम्ररी थाहा थियो । उनले भनेका छन् – जतिबढी देश पछौटे अबस्थाको र उतार चढावयुक्त हुन्छ, इतिहासले के सही सावित गरेको छ भने त्यो समाजमा समाजबादको आरम्भ र बिकास गर्न पनि त्यत्ति नै कठिन हुन्छ । त्यस्तो देशले पूजीवादी उत्पादनबाट समाजवादी उत्पादन सम्वन्धसम्म पुग्न लामो समय लाग्ने छ । यद्यपि लेनिन बढी बाँच्न पाएको भए सोभियत संघको समाजवादलाई कसरी बिकसित गर्ने थिए होलान भनेर अनुमान गर्नु अर्थहीन छ तर लेनिनका रचनाँत्मक र महत्वपूर्ण नबीनतम गतिबिधिवाट के शिक्षा लिनु अत्यावश्यक छ भने अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको स्थितिलाई ध्यानमा राखेर नै लेनिनले आफ्नो देशमा समाजवादको बाटोलाई जोडेका थिए ।

लेनिनको देहान्तको झण्डै सात दशकपछि अहिले सोभियत संघ बिखण्डन भएर गइसकेको छ । बितेका तीन दशक यताको इतिहासले आफुलाई पुनर्लिखित गर्न खोजेको छ । त्यसले लेनिनवादका समग्र क्रान्तिकारी अन्तरबस्तुलाई निषेध गरेको छ । एकथरी आलोचकहरुले लेनिनका समग्र सैद्धान्तिक र राजनीतिक कुराहरु रुसका लागि मात्रै सीमित भन्ने गरेका थिए र अहिले तिनले त्यो उनको नीति रुसमा पनि असफल भएको भन्ने गरेका छन् । अर्को गजबको कुरा के छ भने सबै खालका पूँजीावदी दार्शनिक, बिद्वानहरुका दर्शन र सिद्धान्तले साम्राज्यावादको उपस्थिति र अस्तित्व नै स्वीकार गर्दैनन् । ती मध्येका कतिपयले त के दावी समेत गर्ने गर्दछन् भने उदार पूँजीवाद शाश्वत अर्थात अजम्मरी छ । माक्र्सवाद–लेनिनवाद आफ्ना समयका उपज थिए । त्यतिबेलाको उत्पादन आजको उत्तर आधुनिक युगमा मेल खादैन र सान्दर्भिकता छैन भन्ने तर्क दिने गरेका छन् । तर इतिहासको अन्त्य भयो र पूँजीवाद अमर छ भन्ने कुरालाई २००८ देखि शुरु भएको बिश्वब्यापी आर्थिक मन्दीले एकाएक खण्डित तुल्याइदिएको छ र पूँजीवादको शिकार भएको प्रकृति र सामााजिक अस्थिरतालाई राम्रोसँग पुनः उजागर गरिदिएको छ । बिश्वका झण्डै ८ खर्ब मानिसहरुमा आधाभन्दा बढी गरीब छन् । एक अर्ब २० करोडभन्दा बढी मानिस आज दिनदिनै भोकमरीले सताइएका छन् । साम्राज्यवाद पृथ्वीको श्रोत साधानको लूट र एकलौटीका लागि निरन्तर युद्ध गर्न पछि परिेरहेको छैन । अनि ती शक्तिहरुले यसो गर्न नछाडेमा बिश्वको पर्यावरण र जीवन नै समाप्त हुने खतरा निश्चित र सन्निकट छ ।

त्यसैले बिश्वमा माक्र्सबाद एउटा मात्र यस्तो बैज्ञानिक दृष्टकोण र प्रकृया हो जसले एउटा संगतिपूर्ण बिश्व दृष्टिकोण प्रदान गर्दछ र आजको बिश्वको असंगतिपूर्ण सामाजिक ब्यवस्थालाई परिवर्तन गर्ने कार्यलाई यसले प्रष्ट मार्गदर्शन गर्दछ । जसरी लेनिनले माक्र्सावदको आधारमा बद्लिदो आर्थिक राजनीतिक स्थितिमा माक्र्स र एंगेल्सको सिद्धान्तलाई बिकिसत गरे र ब्यवहारमा परिणात गरे । उनले माक्र्सावादलाई बैज्ञानिक सिद्धान्त मात्रै मानेका होइनन् यसको अझ बिकास गर्नु पर्ने आवश्यकतालाई पनि दर्शाएका थिए । यसको अर्थ हो– माक्र्सवादी सिद्धान्तालई स्थाई र अखण्डनीय मानिनु हुँदैन बरु त्यसको बिपरीत हामी के बिश्वस्त रहनु पर्दछ भने यसले बिज्ञानको आधारभूत जग मात्रै बसाएको छ जसलाई समाजवादीहरुले सबै दिशामा अघि बढाउनु पर्दछ यदि तिनीहरुले मानब जीबनलाई सबै किसिमले सफल पार्न चाहन्छन् र माक्र्सावदी सिद्धान्त र ब्यवहारलाई अगाडि बढाउने हो भने । यो हाम्रो अर्थात मानब समाजको अग्रगामी आमूल परिवर्तनको सन्दर्भमा लेनिनलाई सँधै सँधै सम्झिरहनुपर्ने हुन्छ । महान र अमर छन् लेनिन अनि अजेय छ माक्र्सबाद !

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

३ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक