काठमाडौं । नेपाली ट्रेल रनर सुनमाया बुढाले कोर्स रेकर्ड बनाउँदै हङकङ १०० को उपाधि जितेकी छन्।
उनले १०३ किलोमिटर दूरी ११ घन्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै कोर्स रेकर्डसहित उपाधि कब्जा गरेकी हुन्।
जुम्लाकी सुनमायाले शनिबार सम्पन्न दौडमा सफलता हात पार्ने क्रममा पाँच वर्षअघि जियाङ फुजाओले बनाएको ११ घन्टा २८ मिनेट २१ सेकेन्डको कोर्स रेकर्ड तोडेकी हुन्।
दौड जितेपछि सुनमायाले भनिन्, ‘एकदमै खुसी महसुस भएको छ। अब आरा मगर्न चाहान्छु।’ उनले थपिन्, ‘यो निक्कै प्रतिस्पर्धात्मक रह्यो। ८० मिलोमिटरसम्म युद्धजस्तै भयो र दौड्दा निक्कै गाह्रो पनि लाग्यो। सुरुका ५० किलोमिटर सम्म सतहमा थियो। त्यसपछि धेरै उकालीओराली थियो र निक्कै टेक्निकल पनि।’
जापानकी नम्बर १ ट्रेल रनर युरो योसिजुमी पाँच घन्टा ५८ मिनेटसाथ दोस्रो भइन् भने चीनकी याङ यान ६ घन्टा १३ मिनेटमा दूरी पार गर्दै तेस्रोमा रहिन्।