बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

संसदलाई छलेर अध्यादेश निरंकुशताको बाटो !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

संसद्लाई छल्दै सरकारले अध्यादेश ल्याएको छ । सरकारले सिफारिस गरेका अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पनि जारी गरेका छन् । राष्ट्रपति पौडेलले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार अनि लगानी अभिवृद्धिसम्बन्धी विद्यमान ऐनहरूलाई संशोधन गर्ने चारवटा अध्यादेश जारी गरेका छन् । संसद्को हिउँदे अधिवेशन आह्वान हुन ढिलो भइरहेका बेला सरकारले एकपछि अर्को अध्यादेश ल्याउँदा आलोचना भएको छ । तर सरकारले भने त्यसलाई तत्काल काममा जाने आफ्नो रणनीतिअनुसार चालिएको संवैधानिक कदम भएको जनाएको छ ।

संविधानको धारा ११४ मा ‘संघीय संसदका दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने’ व्यवस्था छ । तर त्यसका लागि दुई वटा मापदण्ड तोकिएको छ । सरकारले अध्यादेश ल्याउन पाउने पहिलो शर्त हो– संसद्को अधिवेशन नचलेको अवस्था । यस्तै दोस्रो शर्त हो– सरकारलाई ‘तत्काल केही गर्न आवश्यक’ भयो तर त्यसमा कानुन बाधक देखिएमा यसलाई फुकाउन अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले गरेको छ । संसद्को नियमित अधिवेशन बोलाउने समय भइसकेको अवस्थामा सरकारलाई तत्काल कानुनमा सुधार नगरी नहुने कस्तो अवस्था आयो भन्ने प्रश्न आफैँमा अनुत्तरित छ । यतिबेला सरकारलाई काम गर्न कुनै पनि बाधा नभएको र संसद् अधिवेशन बोलाउने समय भएकाले अध्यादेश ल्याउने कार्य गलत भएको कानुनविद्हरुको भनाइ छ ।

यसअघि प्रधानमन्त्री हुँदा पनि केपी शर्मा ओलीले विभिन्न अध्यादेश ल्याएका थिए, जसका कारण उनी विवादित भएका थिए । त्यसरी अध्यादेश ल्याउँदा संविधान मिचेको भन्दै दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । तर, त्यसलाई नजरअन्दाज गर्दै ओलीले यसपटक पनि अध्यादेशबाट शासन गर्ने चाहना देखाएका छन् । जब कि लोकतान्त्रिक शासन प्रणाली भएका देशमा कानुन बनाउने र शासन चलाउनका लागि निर्वाचन हुने गर्छ । नेपालमा पनि निर्वाचनबाट संसद् बन्ने र त्यसले नै सरकार निर्माण गर्ने गर्छ । कानुन पनि संसदबाट नै पारित हुने गर्छ । त्यसकारण संसद्को भूमिकालाई बेवास्ता गर्दै सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्नु निरंकुशताको बाटोमा अग्रसर हुनु हो । अहिले ओली नेतृत्वको सरकार त्यही बाटोमा लागेको देखिन्छ ।

जब कि कांग्रेस र एमालेको गठबन्धनको यो सरकार गठन भएको ६ महिना पुगेको छ, तर जनतामा आशा जगाउनेगरी काम गर्न सकेको छैन । अझै पनि देशको अर्थतन्त्रमा खास सुधार आउन सकेको छैन । जनताले अहिले पनि शिक्षा, स्वास्थ्य, आवास, उपभोग्य सामग्रीका विषयमा कुनै सुधार महसुस गर्न सकेका छैनन् । सरकारको पहिलो कर्तव्य यी क्षेत्रमा काम गर्ने हो । यसका लागि संसदलाई कानुन निर्माणमा अग्रसर गराउने, त्यसलाई लागू गर्न सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हो । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुग्याे

१४ मिनेट अगाडि
सहकारीको बचत रकम दुरुपयोग

परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक