काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि शुक्रबार उनी काठमाडौं आइपुगेका थिए ।
केहीबेर अघि आफ्ना कानुनविद्हरूसँग लामिछाने जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।
काठमाडौंमा उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी लगायत ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।