विराटनगर । यही आउँदो माघ ७ गते कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरिएको छ ।
आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभा अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।
कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभा आह्वान हुने भएकाे छ ।
प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको लामो समयपछि हिउँदे अधिवेशन आहृवान हुने भएको हो । सभामा सरकारले केही पुराना ऐन संशोधन गर्ने र नयाँ विधेयक समेत लैजाने तयारी गरेको छ ।
हाल कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार छ ।