काठमाडौं । नाबालिका बलात्कार आरोपमा काठमाडौंका पूर्णमान लामा पक्राउ परेका छन्।
काठमाडौंको शंखरापुर नगरपालिका-१ का पूर्णमान बौद्ध प्रहरीको हिरासतमा छन्। नाबालिका बलात्कारको उजुरीपछि उनीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
उनी नेकपा एमाले काठमाडौं जिल्ला सदस्य हुन्। उनले पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले उनलाई निलम्बन गरेको छ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले अनुशासनको कारबाही सम्बन्धी विधानको व्यवस्था अनुसार लामालाई पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएका छन्।


