काठमाडौं । सरकारले गत कात्तिक महिनामा काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता खेलाडीलाई पुरस्कृत गरेको छ ।
खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रदान गरिएको थियो भने मुख्य प्रशिक्षक राजेन्द्र तामांगलाइ २ लाख र सहायक प्रशिक्षकहरुलाई जनही ६० हजार रुपैयाँ पुरस्कार पाएका छन् । त्यस्तै व्यवस्थापक वृन्दा देवान र फिजियो नविना श्रेष्ठले जनही एक लाख १२ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
एरिका गुरुङ ६ लाख रुपैयाँ पाउँदा मुख्य प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार पाएका छन् ।
प्रतियोगितामा स्वर्ण पदक जितेका कमला पुन र मनिषा कुमारी चौधरीले पाँच लाख पाए । कास्य पदक जितेका मान बाहादुर श्रेष्ठले र दिलिप बहादुर सुनुवारले ३ लाख रुपैयाँ पाए । यता दुबै टोलिका प्रशिक्षक रहेकारुपेश कुमार बिष्ट ३ लाख रुपैयाँ पाए ।