काठमाडौं । दोलखा, जिरी नगरपालिका-२ छेरमादीङ बस्ने ३४ वर्षीय भिम बहादुर खड्काको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका भिम बहादुरलाई उपचारको लागि जिरी अस्पतालतर्फ पठाइएको छ ।
सप्तरी, कंचनरूप नगरपालिका-९ रघुनाथपुर बस्ने दिपक सरदारको गोठमा गए राति लागेको आगो फैलिएर उनकै दाजु श्री सरदारको घर समेत जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरोले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


