काठमाडौं । युवा पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । उनीमा हृदयघातको लक्ष्य देखिए पनि मृत्युका खास कारण थाहा भइसकेको छैन ।
माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायत मिडियामा काम गरिसकेका पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए ।


