दाङ । दाङमा माघ साँस्कृतिक महोत्सव सुरु भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गरे।
थारु कल्याणकारिणी सभा दाङले थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले माघ साँस्कृतिक महोत्सव आयोजना गरेको हो। पुसको २० गतेसम्म महोत्सव चल्ने छ।
महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ।