काठमाडौं । बेल्जियमलगायत विभिन्न ५ देशका नवनियुक्त राजदूतहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। शपथ लिनेमा बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना, पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्राडा. कपिलमान श्रेष्ठ र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर रहेका छन्।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए। जसलाई आज शितल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गराइएको हो।


