बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

नेपालमा पुनः एक जनामा मङ्किपक्स पुष्टि

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा पुनः एक जनामा मङ्किपक्स पुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा पुनः एक जनामा मङ्किपक्स (एमपक्स) पुष्टि भएको छ । साउदी अरबबाट आएका ४४ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार पिसीआर जाँच गर्दा साउदी अरबबाट आएका एक नेपालीमा एमपक्स पुष्टि भएको हो ।

उहाँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि साउदैबाटै फर्किएका एक जनामा एमपक्स पुष्टि भएको थियो । गत वर्ष एक जनामा विदेशबाट आएका नागरिकमा एमपक्स पुष्टि भएको थियो । योसँगै नेपालमा एमपक्स पुष्टि हुनेको सङ्ख्या तीन पुगेको छ ।

नेपालमा एमपक्स भित्रिएसँगै समाजमा यो रोगबारे त्रास बढ्न थालेको छ । एकपक्स विश्वव्यापी भएपछि विश्व स्वास्थ्य सङ्गठनले दुई वर्षअघि विश्वव्यापी सङ्कटकाल घोषणा गरेको थियो । हाल एकपक्स भारत, पाकिस्तानलगायतका छिमेकी देशमा समेत बढ्दै गएको छ ।

एमपक्स कस्तो रोग हो ?

सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार एमपक्स मङ्किपक्स नामक भाइरसका कारणले लाग्ने गर्छ । यो रोग सबैभन्दा पहिला बाँदरहरूमा देखिएकाले यसलाई मङ्किपक्स नाम दिइएको हो ।

यो रोगबाट सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट मानिसमा सर्दछ । प्रत्यक्ष सम्पर्कमा आउँदा वा एकअर्कोलाई छुदा पनि यो रोग सर्न सक्छ । एक व्यक्तिबाट अर्कोमा शारीरिक सम्पर्क, र्‍याल, चुम्बनबाट पनि एक व्यक्तिबाट अर्कोमा सर्ने डा. पुन बताउनुहुन्छ ।

एमपक्सका लक्षणहरू

डा.पुनका अनुसार ज्वरो आउनु, अनुहार, हात, गोडा, आँखा, मुख तथा यौनाङ्गमा बिमिरा आउनु, लिम्फ नोडहरू सुन्निनु, टाउको दुख्नु, मांसपेशी तथा ढाड दुख्नु, शिथिल महसुस हुने एमपक्सका मुख्य लक्षण हुन् ।

यदि एमपक्सका लक्षण देखिएमा के गर्ने

भिडभाडभन्दा टाढ रहने, एक्लै बस्ने, परीक्षण गरेर यकिन गर्न चिकित्सकसँग सम्पर्क गर्ने, शरीरमा आएका बिमिरामा खाटा बसेर नयाँ छाला नआएसम्म अन्य व्यक्तिसँग प्रत्यक्ष सम्पर्क र कुनै पनि प्रकारको यौनजन्य क्रियाकलापबाट टाढै रहन चिकित्सकको सुझाव छ ।

एमपक्स एक अर्काको छालाको सम्पर्क वा यौन सम्पर्कबाट सर्ने हुँदा लक्षण देखिएका मानिससँग दूरी कायम राख्न पुनको सुझाव छ ।

यो पनि पढ्नुहोस्

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

१ मिनेट अगाडि
बहसपत्र साझा संकल्प तयार पारी अघि बढाउन सुझाव

बहसपत्र साझा संकल्प तयार पारी अघि बढाउन सुझाव

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाई मलाई त्यही पार्टी चाहिन्छ

नयाँ चलचित्र ‘गौथली’ आउँदै

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक